Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर कल्याणकारी बन्न सरकारसँग कांग्रेस नेता महरको आग्रह

प्रत्यूष २६८३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ९, सोमबार (४ साल अघि)
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर कल्याणकारी बन्न सरकारसँग कांग्रेस नेता महरको आग्रह

काठमाडौं, ९ जेठ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको ढाड सेक्नेगरी भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि कल्याणकारी बन्न सरकारसँग आग्रह गरेका छन् । उपभोक्ता मञ्चले बढ्दो महँगीका विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता महरले पछिल्लो केही महिना यता अस्वाभाविक मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेर उपभोक्ता मारमा परेको बताए।

सरकारले आइतबार रातिदेखि लागू हुनेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गरिनुपर्ने उनको माग छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि वृद्धि हुने भएकाले राज्य कल्याणकारी बन्नुपर्ने उनी बताउँछन् ।

‘सरकारको काम व्यापार गरेर नाफा खाने मात्र होइन । समस्यामा परेका बेला कल्याणकारी भावना राखेर जनतालाई सहुलियत दिनु पनि हो । पेट्रोलियम पदार्थमा लगाइएको ट्याक्स मात्रै खारेज गर्न सके आकासिएको मूल्यवृद्धिमा स्वतः गिरावट आउने छ,’ नेता महर भन्छन् । लोकतान्त्रिक सरकारले कल्याणकारी व्यवस्थाका लागि कतिपय अवस्थामा कठोर निर्णय पनि लिनसक्नुपर्ने उनको धारणा छ ।

सरकार कूटनीतिक माध्यमबाट पनि नेपालमा पेट्रोलियम पदार्थको सहज व्यवस्थापनमा लाग्नुपर्ने महरको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा प्रत्येक कुराको ढुवानी बढ्ने र यसले जनताको दैनिक उपभोग्य वस्तुको मूल्य आकासिने महरले बताए ।

अप्ठ्यारो परिस्थितिमा नै जनतालाई राज्य र सरकार भएको महसुस हुनुपर्ने उनी बताउँछन् । ‘जनताको अभिभावक सरकार हो । उसले जनताको सुख, दुःखमा साथ दिनुपर्छ । र, आफू भएको प्रत्याभूति गराउन सक्नुपर्छ । त्यसपछि मात्र सरकारप्रति जनताको विश्वास बढ्छ,’ नेता महरले भने ।

विदेशमा मूल्य बढेर आयो भन्दै नेपालमा पटक-पटक मूल्य वृद्धि गर्नु मात्रै समस्याको समाधान नहुने उनी बताउँछन् । यो समस्या समाधानका लागि सरकार गम्भीर बन्नु पर्ने महरको धारणा छ ।

अहिले बजारको मूल्यवृद्धि रोक्न नसके कालान्तरमा व्यापारीले चलखेल गर्न सक्ने अवस्था आउने र उपभोक्ता थप मारमा पर्ने जोखिम रहेकाले सरकार चनाखो बन्नुपर्ने उनी बताउँछन् ।

बढाएको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८०० पुगेको छ ।

निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० बढाएको थियो ।

फाईल तस्विर

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • Post Thumbnail

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

  • Post Thumbnail

    वाग्मती सफाइ अभियान जारी

  • धान काटिँदै

    धान काटिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

    शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

    Post Thumbnail

    सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

    Post Thumbnail

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    Post Thumbnail

    वाग्मती सफाइ अभियान जारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution