Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य

प्रत्यूष ७५३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ८, आईतबार (३ साल अघि)
बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य

काठमाडौं, ८ जेठ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह प्रदेश गण्डकीमा उनको पार्टी शून्य भएको छ ।

११ जिल्लाको कुनै पनि स्थानीय तहको नेतृत्वमा जसपाका उम्मेदवारहरू निर्वाचित भएनन् । अध्यक्ष भट्टराई आफैं गृहजिल्ला गोरखामा भने पार्टीको तर्फबाट चुनावी ‘कमान्डर’ भएर खटिएका थिए ।

२८ वैशाखअघि उनले ट्‍वीटरमार्फत मतदाताका घरदैलोमा जाँदा पार्टीप्रति जनलहर आएको लेखिरहन्थे ।

गठबन्धन दलहरूबीच तालमेलबारे भएको निर्णयविपरीत एमालेसँग गोरखालगायत जिल्लामा तालमेल गरे पनि भट्टराईले आफ्नो जिल्लामा त कहाँ हो कहाँ सिङ्‍गाे प्रदेशमै पार्टीलाई शून्यमा पारे ।

गण्डकीका जिल्लाहरूमध्ये अधिक प्रभाव रहेको जिल्ला भनेर गोरखालाई लिइन्थ्यो । जहाँ ३० वैशाखमा भएको निर्वाचनबाट उनकै पूर्ववर्ती पार्टी नेकपा (माओवादी केन्द्र)ले ११ मध्ये ९ जिल्लामा निर्वाचन जित्यो ।

कांग्रेसले २ स्थानीय तह जित्दा एमालेसँग तालमेल गरेका उनका पार्टीको स्थानीय तह नेतृत्वमा अस्तित्व रहेन ।

भट्टराई मात्र होइन, पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठको गृह प्रदेश बाग्मतीमा पनि जसपा शून्य भएकाे छ। प्रदेशका १३ जिल्लामा एउटा पनि स्थानीय तह नेतृत्वमा उम्मेदवारलाई जिताउन श्रेष्ठ पनि अक्षम रहे ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जसपाको हालत उस्तै देखिएको छ ।  जसपाले मधेस प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेशमा मात्र निर्वाचन जितेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution