Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आफ्नै गृहजिल्लामा केपी ओलीलाई लिङ्देनको शालीन प्रतिवाद

प्रत्यूष ३०६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ८, आईतबार (१० महिना अघि)
आफ्नै गृहजिल्लामा केपी ओलीलाई लिङ्देनको शालीन प्रतिवाद

काठमाडौं, ८ जेठ

झापा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्न्द्र लिङ्देनको गृहजिल्ला हो । २०७४ सालको प्रतिनिधिसभामा एमाले र राप्रपाबीच तालमेल गरिएको थियो । जस कारण ओली र लिङ्देन दुवै विजयी हुन सफल भए । तर, स्थानीय तह निर्वाचन २०७९ सम्म आइपुग्दा दुवै प्रतिस्पर्धीको रुपमा चुनावी मैदानमा उत्रिए ।

कमल थापालाई पराजित गरेर पार्टी अध्यक्षमा निर्वाचित भएका लिङ्देनलाई आफ्नै जिल्लाको स्थानीय तहमा राप्रपा उम्मेदवारलाई जिताउनु चुनौती थियो । पार्टी नेतृत्व सम्हालेदेखि ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्दै देशदौडाहामा निस्केका लिङ्देन र दुई पटक प्रधानमन्त्री भइसकेको र पार्टी नेतृत्वमा रहेका ओलीबीच प्रतिष्ठाकै प्रतिस्पर्धा देखिन्थ्यो, झापामा ।

निर्वाचनमा देशभर कांग्रेस र एमाले आमनेसामने भए । कांग्रेससहितको गठबन्धनविरुद्ध एमाले लड्यो । तर, लिङ्देन नेतृत्त्वको राप्रपालाई कचनकवलमा हराउन एमालेले कांग्रेससँग गठबन्धन गर्‍यो । लिङ्देनको निर्वाचन क्षेत्र अन्तर्गतको र यसअघि राप्रपाले जितेको कचनकवलमा हराउन कांग्रेस र एमालेले गठबन्धन गरे । एमालेसँग भएको गठबन्धनका कारण कचनकवलमा ६ हजार ६६७ मत ल्याएका राप्रपाका अन्जार आलमलाई पराजित गर्दै कांग्रेसका कालेन्द्रप्रसादसिंह राजवंशी ११ हजार ४५७ मत ल्याएर निर्वाचित भए ।

तर, अध्यक्ष ओलीले एमालेले हराउन नसक्ने दिएको अभिव्यक्तिको ओलीकै गृहनगर दमक र हल्दिबारीमा राप्रपाले जितेको छ । राप्रपा अध्यक्ष लिङ्देनले कांग्रेसको महाधिवेशनका क्रममा मञ्च तर्फ हेर्दै मञ्चमा बसेका नेता मात्रै सुध्रने हो भने देश सुध्रन्छ, नेताका प्रति जनताको दृष्टिकोण सकारात्मक छैन, गाउँमा नेता आउँदा कुन चोर आएछ भन्ने अवस्था छ भनेको विषयलाई ओलीले आफूमाथिको प्रहारको रुपमा बुझेका थिए ।

आफ्नो बोल्ने क्रममा लिङ्देनलाई संकेत गर्दै ओलीले भर्खर जन्मेको बाच्छो हिड्न जान्दैन भनेर कटाक्ष गरे । लिङ्देन त्यसपछि पार्टीको सयभन्दा बढी सभाहरूमा पुगे, पद्धति र प्रणालीबारे चर्काे भाषण दिए । तर, ओलीको आलोचना गरेनन् । ओली-लिङ्देनको दूरी राष्ट्रिय सभाको निर्वाचनताका झनै बढ्न गयो । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नं १ मा राप्रपासँग ओलीको निशर्त सहयोगको आशा थियो, लिङ्देनले आफ्नो पार्टीका दुईजना उम्मेदवार उठाइदिए । जसका कारण एमालेले दुई सिट गुमाउन पुग्यो ।

चुनावी सभाको क्रममा लिङ्देनले मतदान गर्ने हल्दिबारी गाउँपालिका- १ गोलधापमा ओली सम्बोधन गर्न पुगे, जसको उद्देश्य लिङ्देनलाई  तर्साउनु रहेको राप्रपाले बुझेकाे थियाे । ओलीले हल्दिबारीमा गरेको मिहिनेत खेर गयो, लिङ्देनको राप्रपाले हल्दिबारी गाउँपालिकामा प्यानलसहित वडा मात्र जितेन, अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य जित्न सकेको छ । लिङ्देन र राप्रपाले ओलीको गृहपालिका दमक नगरपालिका समेत जितेर ओलीले गरेको अपमानको शालीन प्रतिवाद गरेको छ ।

चुनावी तयारीका क्रममा झापामा विभिन्‍‌न स्थानमा भएका कार्यक्रममा ओलीले एमालेलाई कसैले हराउन नसक्ने दाबी गरेका थिए ।  राप्रपासहित सबै दल मिलेर आए पनि एमालेले जित्ने ओलीले दाबी गरेका थिए । ओलीले लिङ्देनको वडा हल्दिबारीमा–१ मा पुगेर सभा गर्दै राप्रपालाई कडा चुनौती दिएका थिए । तर, ओलीकै गृहनगर दमक र लिङ्देनको वडामा राप्रपाका उम्मेदवारसँग एमालेका उम्मेदवार पराजित हुन पुगे ।

ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा एमाले उम्मेदवार गीताकुमार पौडेल अधिकारीलाई पराजित गर्दै राप्रपाका रामकुमार थापा निर्वाचित भए । थापाले १७ हजार ५२५ मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार गीताकुमारीले १६ हजार ९६६ मत पाएर अपराजित भइन् ।

यता लिङ्देननको गृहनगर हल्दिबारी पनि राप्रपाकै उम्मेदवार मेयरमा निर्वाचित भएका छन् । राप्रपाका रविन्द्रप्रसाद लिङ्देन हल्दिबारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ६ हजार ८५६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर गिरी ४ हजार ६६६ मत ल्याएर पराजित भए ।

राप्रपा अध्यक्ष लिङ्देनले मतदान गरेको हल्दिवारीको वडा नं १ मा एमालेका उम्मेदवारलाई पराजित गर्दै राप्रपाका देवी थापा प्यानल सहित वडा अध्यक्षमा निर्वाचित भएका छन् । हल्दिवारीको वडा नं १ मात्रै होइन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित राप्रपाले बहुमत वडा र सदस्य जितेको छ । दमक र हल्दिबारीमा जितेर राप्रपाले ओलीको दाबीलाई खण्डन गरेको छ ।

स्थानीय तहको निर्वाचनमा हालसम्मको मतगणनाअनुसार राप्रपाले चार स्थानीय तहमा प्रमुख, चार तहमा उपप्रमुख, ६५ वडाध्यक्ष र ३७१ वडासदस्य जितेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएसँगै युवामा सत्ता हस्तान्तरणको एक किसिमको बहस भइरहँदा भएको निर्वाचनमा राप्रपाप्रति जनमत देखिएको हो । अध्यक्षमा पराजित भएपछि राप्रपा छाडेर कमल थापाले सहभागी भएको राप्रपा नेपालले एक स्थानमा पनि निर्वाचित हुन सकेन । उसले एमालेसँग तालमेल गरेको थियो ।

‘लिङ्देनको नेतृत्वप्रति जनताको आशा र विश्वास बढेका कारण राप्रपाले जनमत बढाउन सकेको हो,’  राप्रपा प्रवक्ता माेहन श्रेष्ठको बुझाइ छ ।
उनका अनुसार दुई शक्तिशाली गठबन्धनसँग प्रतिस्पर्धा गर्दा पनि राप्रपाले जनमत बढाउन सफल भयो ।

यसअघि २०७४ को स्थानीय निर्वाचनमा राप्रपाले नेपालगन्ज उपमहानगरपालिकासहित पाँच स्थानीय तहमा प्रमुख तथा तीन तहमा उपप्रमुख जितेको थियो । तर, यसपटक काठमाडौं उपत्यकासहितका स्थानमा राप्रपा विजयी भएको छ । यसअघि एमालेको पकडमा रहेको काठमाडौंको शंखरापुर र कपिलवस्तुको शिवराज नगरपालिका यसपटक राप्रपाले जितेकाे छ ।

अहिले लाेकप्रिय जनमतकाे आधारमा राप्रपा तेस्राे स्थानमा रहेकाे प्रवक्ता श्रेष्ठले बताए । ‘अहिले  लाेकप्रिय जनमतकाे आधारमा राप्रपा तेस्राे स्थानमा छ,’ उनले भने, ‘यसैकाे आधारमा अब हामीहरू प्रदेश र स‌ंघीय निर्वाचनकाे तयारीमा जुट्छाैँ ।’

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • बढ्दैछ रगतको अभाव

    बढ्दैछ रगतको अभाव

  • संचारकर्मी बन्ने सुर्वण अवसर

    संचारकर्मी बन्ने सुर्वण अवसर

  • धादिङको नीलकण्ठ क्याम्पसको स्ववियु सभापतिमा कविराज श्रेष्ठ निर्वाचित

    धादिङको नीलकण्ठ क्याम्पसको स्ववियु सभापतिमा कविराज श्रेष्ठ निर्वाचित

  • बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि गाउँपालिकाले काम गरिरहेको छः उपाध्यक्ष देवराज धरेल

    बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि गाउँपालिकाले काम गरिरहेको छः उपाध्यक्ष देवराज धरेल

  • प्रत्यूष ई-पेपर थप

    २०७९ चैत्र १० गते शुक्रबार

    २०७९ चैत्र १० गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बढ्दैछ रगतको अभाव

    बढ्दैछ रगतको अभाव

    संचारकर्मी बन्ने सुर्वण अवसर

    संचारकर्मी बन्ने सुर्वण अवसर

    धादिङको नीलकण्ठ क्याम्पसको स्ववियु सभापतिमा कविराज श्रेष्ठ निर्वाचित

    धादिङको नीलकण्ठ क्याम्पसको स्ववियु सभापतिमा कविराज श्रेष्ठ निर्वाचित

    बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि गाउँपालिकाले काम गरिरहेको छः उपाध्यक्ष देवराज धरेल

    बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि गाउँपालिकाले काम गरिरहेको छः उपाध्यक्ष देवराज धरेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0