Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दुःखीका दुई साक्षत ‘भगवान’ !

प्रत्यूष ७०० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ५, बिहिबार (३ साल अघि)
दुःखीका दुई साक्षत ‘भगवान’ !

काठमाडौं, ५ जेठ।

गाउँलेले ‘माम काइँली’ भनेर बोलाउँछन्, फूलमाया तामाङलाई । उनी उमेरले ७० वर्ष छेउछाउ पुगिन् । संसारमा कमै मान्छेले दुःख पाएका छन् भने ती कम मान्छेमा सायद फूलमाया पनि पर्छिन् ।

उनले दुःखको दिन र रात कटाएको वर्षौं भयो । पेटभरी खाना खाएको पनि वर्षौंदेखि हो । भएको एक छोरा पनि दुई दशकदेखि बेपत्ता छन् । ‘आखे काइँला’ भनिने उनका श्रीमान् दिवंगत भएको पनि वर्षौं भयो ।

उनको घर भने पाँचथरको तुम्बेवा गाउँपालिका–१, साविक आङना–५ रातमाटेमा छ । यही ३ जेठमा भने केही चिनेका र नचिनेका मानिसहरू उनको घरमा आए । चिनेकामध्येमा थिए, अजेन्द्र वाइबा तामाङ र पपेन्द्र तामाङ । दुवै जना उनी व्यवसायी हुन् ।

रातमाटे नै घर भएका अजेन्द्रसँग जिल्ला सदरमुकाम फिदिमदेखि साथमा गएका थिए, राजेन्द्र अधिकारी । उनीहरू दुवै जना माम काइँलीले केही दिन भए पनि पेटभरी खान पाऊन् भनेर चामलको बोरा लिएर हुन् ।

घरको डिलमा ५० किलो चामलको बोरा राखिएपछि माम काइँली मुस्कुराइन् । उनी तामाङ भाषा मात्र बोल्छिन् । खस–नेपाली भाषा बोल्न जान्दिनन् । र, भनिन्, ‘तिजा चु ?’ अर्थात् के हो यो ? अजेन्द्रले भने, ‘म्ला माम । कान चाउ बिसी बासी पिन्बा ।’ (चामल हो आमै । भात खानु भनेर चामल ल्याइदिएको ।

यति भनेपछि उनी खुसी भइन् । उनको घरमा अन्न सकिन लागेको छ । खेत छैन । बारीमा फलेको मकैले उनलाई वर्षभरी खाना खान पुग्दैन ।  तर, राजेन्द्र र अजेन्द्रले चामल लगिदिएपछि उनलाई केही महिनाका लागि ढुक्क भएको छ । राजेन्द्रले उनलाई एउटा लुङ््गी पनि दिए । लुङ्गी थाप्दै फेरि मुस्कुराइन् माम काइँली ।

यसअघि पनि अधिकारीसहित फिदिमका अर्का युवा समाजसेवी कमल थपलियालगायतले पनि केही वर्ष वर्ष आर्थिकसँगै खाद्यन्न र लत्ताकपडा सहयोग गरेका थिए । त्यसबेला हाँसेकी माम काइँलीलाई राजेन्द्र, अजेन्द्रसहितले फेरि सहयोग गरेर हँसाए ।

माम काइँलीलाई मात्र होइन, उनीहरूले सोही गाउँका सञ्चित तामाङ र मिठुमाया तामाङलाई पनि चामल दिए ।  उनीहरूलाई पनि आफ्नो बारीमा फल्ने अन्नले वर्षभरी खान पुग्दैन । गाउँमा काम गर्न सक्ने अवस्थामा पनि उनीहरू छैनन् ।

दुवैमा शारिरीक र मानसिक अपाङ्गता पनि छ । आमा पनि कमाएर ल्याउन सक्ने स्थितिमा छैनन् । बुबा दिवंगत भएको एक दशक जति भइसक्यो ।  बेसहारा जस्तै बनेका उनीहरूलाई चामल सहयोग गरेपछि राजेन्द्र, अजेन्द्र र पपेन्द्रले फोटो खिचाए ।

यससँगै उनीहरूले गाउँकै परतेलडाँडाकी सानुमाया तामाङ र सिरानघरकी नरमायाँ तामाङलाई पनि ५० किलोका एक/एक बोरा चामल सहयोग गरे । दिन दुःखीहरूलाई सहयोग गरेपछि राजेन्द्रले भनेका छन्, ‘उहाँहरूलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी छु ।’

राजेन्द्र चर्चित समाजसेवी हुन् । समाजसेवामा समर्पित उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत भइसकेका छन् । अजेन्द्र पनि पछिल्ला समय समाजसेवामा जोडिँदै आएका छन् ।

Avatar

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

  • कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

  • पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution