Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बिभिन्न विधामा उत्कृष्ट नगरपालिका बनाउन सफल ढुंगाना पुनः मेयरमा निर्वाचित(यस्तो छ,राजनीति जीवनी)

५८५ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ५, बिहिबार (३ साल अघि)
बिभिन्न विधामा उत्कृष्ट नगरपालिका बनाउन सफल ढुंगाना पुनः मेयरमा निर्वाचित(यस्तो छ,राजनीति जीवनी)

धादिङ,०५ जेठ
धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा भीम प्रसाद ढुंगाना बिजयी हुनुभएको छ ।बुधबार साँझ अबेर सम्पन्न मतगणना अनुसार मेयरमा गठबन्धनको तर्फबाट भीम प्रसाद ढुंगाना बिजयी हुनुभएको हो । भीम प्रसाद ढुंगानाले १३ हजार ६ सय ७५ मत ल्याएर बिजयी हुनुभएको हो ।
नेकपा एमालेको उम्मेदवारलाई पछि पार्दै ढुंगानाले पुनः दोस्रो पटक मेयरमा बाजि मार्नु भएको हो।

विकासप्रेमी नेताको रुपमा ख्याती कमाउनु भएका मेयर ढुंगाना धादिङको चर्चित नाम हो । २०७४ सालको निर्वाचनमा मेयरमा निर्वाचित हुनुभएका ढुंगानाले नगरपालिकाको विकासमा महत्वपुर्ण भुमिका खेल्नुभएको थियो।

आफु निर्वाचित भएपछि विभिन्न विधामा देशभरकै उत्कृष्ट नगरपालिका बनाउन सफल हुनुभएका मेयरप्रति नगरबासीको ठुलो विश्वास र भरोसा रहेको छ ।केन्द्र तथा दातृ निकायसँग बजेट ल्याउन सक्ने क्षमता भएकै कारणले नीलकण्ठ नगरपालिकामा ठुलो योजनाहरुको काम सुरुवातको चरणमा रहेको छ ।

ढुंगानाकै पालामा जापानको युसुहारा नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापित गराउनुभयो। युहुहारा नगरपालिकाले नीलकण्ठ नगरपालिकाको शिक्षा, प्रविधि, खानेपानी, कृषि लगायतको क्षेत्रमा सहयोग गर्ने सहमति समेत भएको छ । नगरपालिकाको बार्षिक बजेट भन्दा बढी दातृ निकायबाट ल्याउन सक्ने भएकै कारणले पनि ढुंगानाप्रति नगरबासीको अपेक्षा बढी रहेको छ ।

विभिन्न विधामा नीलकण्ठ नगरपालिका देशभरको नगरपालिका भन्दा उत्कृष्ट नगरपालिका घोषणा भएको छ । विक्रम संवत् २०२३ सालमा धादिङ जिल्लाको तत्कालिन मुरलीभञ्ज्याङ गाविसमा जन्मिएका ढुङ्गाना सानै देखि निडर, हक्की र स्पष्ट वक्ताका रुपमा चिनिन्छन्।

२०३७ सालमा नीलकण्ठ मावि धादिङबेशीमा कक्षा ७ मा पढ्दै गर्दा नेबिसंघ जिल्ला सदस्य हुनुभएका ढुंगाना कक्षा ९ मा पढ्दै गर्दा २०३९ सालमा १६ वर्षको कलिलो उमेरमै नेपाल विद्यार्थी संघ धादिङको अध्यक्ष बन्न सफल हुनुभयो ।

युवाहरुको माझमा निकै लोक प्रिय छवि बनाएकै कारण तत्कालिन पञ्चायती सरकारले विभिन्न झुटो मुद्धा लगाई फसाउने सढ्यन्त्र समेत रचे पनि उहाँ त्यसबाट उम्कन सफल हुनुभयो ।

२०४२ सालमा भएको सत्याग्रहमा गिरफ्तार भई नुवाकोटमा ५ महिने जेल जीवन बिताउन बाध्य हुनुभएका ढुंगाना २०४६ साल अघि पञ्चहरुको बिरोधमा उत्रीएकै कारण पटक–पटक हिरासत र जेलमा पर्नुभयो ।२०४८ सालदेखिनै नेपाली काग्रेस धादिङको बिभिन्न अधिबेशनबाट निरन्तर क्षेत्रीय प्रतिनिधि, महादिबेशन प्रतिनिधि र महासमिति सदस्य बन्न सफल उहाँ नेपाली कांग्रेसको धादिङ क्षेत्र नं २ का पुर्व सभापति समेत हुनुभयो ।

१४ बर्षसम्म नेपाल विद्यार्थी संघ धादिङको नेतृत्व सम्माल्नु भएका उहाले २०४९ सालमा तत्कालिन मुरलीभज्याङ गाविसको अध्यक्ष बन्नुभयो ।२०५४ सालको स्थानिय निर्वाचनमा पनि उहाँ सोही गाबिसबाट पुन अध्यक्ष बन्न सफल हुनुभयो ।२०५५ सालमा गाविस राष्ट्रिय महासंघको माहासचिब बन्नुभयो ।

२०५९ सालमा गाविस महासंघको तर्फबाट सडक बोर्डको संस्थागत प्रतिनिधि हुदै २०६० सालबाट फन बोर्डको बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ । धादिङको विकास प्रेमी नेताको रुपमा परिचित हुनुभएका ढुंगानाको पहिलो ५ वर्षे कार्यकालमा नीलकण्ठ नगरपालिकालाई विभिन्न विधामा उत्कृष्ट नगरपालिका बनाउन सफल हुनुभयो । २०७९ सालमा ढुंगाना पुनः नीलकण्ठ नगरपालिकाको मेयरमा दोस्रो पटक बिजयी हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution