Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मत पाउने एउटा, विजयी हुने अर्कै

१७६१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ५, बिहिबार (४ साल अघि)
मत पाउने एउटा, विजयी हुने अर्कै

खोटाङ, ५ जेठ

खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा एक उम्मेदवारको मतबाट अर्कै उम्मेदवार विजयी भएका छन् । एमालेबाट खुला सदस्यमा उठेका ज्ञानबहादुर राईको मतबाट एमालेकै खुला सदस्यका उम्मेदवार रतनबहादुर खत्री विजयी भएका हुन् । आफ्नो नामको अंग्रेजी बर्णानुक्रम अनुसार प्राप्त हुने चुनाव चिन्ह बारे स्पष्ट नहुँदै चुनावी मैदानमा उत्रिएकाले राईको मतबाट खत्री विजयी भएका हुन् ।

नामको सुरुको अक्षरको अंग्रेजी बर्णानुक्रम अनुसार रतनबहादुरले चुनाव चिन्ह एक सुर्य र ज्ञानबहादुरले दुई सुर्य पाउनुपर्ने हो । तर निर्वाचन आयोगको मतदाता सुचीमा ज्ञानबहादुरको नाम ग्यानबहादुर भएकाले उनलाई निर्वाचन अधिकृतको कार्यालयले एक सुर्य चुनाव चिन्ह उपलव्ध गरायो । वर्णानुक्रममा ग्यानबहादुरभन्दा पछि आउने भएकाले रतनबहादुरलाई दुई सुर्य चिन्ह प्रदान गर्‍यो । तर उनीहरुले निर्वाचन अधिकृतको कार्यालयले प्रदान गरेको चुनाव चिन्हका बारेमा ख्याल गरेनन् ।

र’ र ‘ज्ञा’को वणानुक्रम अनुसार रतनबहादुरले एक सुर्य र ज्ञानबहादुरले दुई सुर्य चिन्ह पाएकोमा दुबै ढुक्क थिए । रतनबहादुरले एउटा सुर्य चिन्ह देखाउँदै भोट मागे । ज्ञानबहादुरले पनि दुई सुर्य देखाउँदै दिनरात नभनी चुनावी घरदैलोमा खटिए । उनीहरु एकले अर्कालाई भोट मागेको पत्तै भएन । ३० बैसाखमा मतदान भए । मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएपछि भने ज्ञानबहादुर खंग्रङग भएका छन् ।

ज्ञानबहादुरले मागे अनुसार दुई सुर्यमा ४८५ मत र रतनबहादुरले मागेको एक सुर्यमा ३९७ मत प्राप्त भयो । मतको आधारमा दुई सुर्यवाला उम्मेदवार विजयी भए । निर्वाचन अधिकृतको कार्यालयले ‘र’ र ‘ग्या’को वणानुक्रम अनुसार दुई सुर्य चिन्हका रतनबहादुर बिजयी भएको भन्दै अन्तिम नजिता सार्वजनिक गरे । दुई सुर्यमा मत मागेका ज्ञानबहादुर भने मत पाएर पनि हार्न पुगे । उनको मतले रतनबहादुर बिजयी बन्न पुगेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा पनि रतनबहादुरले दुई सुर्य र ज्ञानबहादुरले एक सुर्य चिन्हमा लडेको उल्लेख छ । ज्ञानबहादुरलाई अन्य दलका मतदाताले समेत मत दिएका थिए । ज्ञानबहादुरलाई मत गएपछि सो वडामा गठबन्धन (माओवादी केन्द्र)का वडा सदस्यका उम्मेदवार बिमल लामा पराजित भएका छन् । लामाले ४०१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मत साटिएर फरक नजिता आएपछि ज्ञानबहादुर र रतनबहादरबीच बिवाद भएको छ । बुधबार उनीहरुबिचमा हात हालाहाल समेत भएको छ। नवनिर्वाचित वडाध्यक्ष र प्रहरीले दुई पक्षको विवाद मिलाउन सहजीकरण गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

  • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

  • Post Thumbnail

    बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

  • Post Thumbnail

    दसैँ नजिकिएसँगै काठमाडाँैका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    Post Thumbnail

    बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

    Post Thumbnail

    दसैँ नजिकिएसँगै काठमाडाँैका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution