Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु

प्रत्यूष १०६६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ४, बुधबार (३ साल अघि)
प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु

एजेन्सी
न्युयोर्क, ४ जेठ।

सन् २०१९ मा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ । बाहिरको हावामा सास फेर्दा मृत्यु बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।  हावा, पानी र माटोमा मानवका कारण उत्पनन फोहोरले विरलै मानिसलाई तत्काल मार्छ । तर, यसले  हृदय रोग, क्यान्सर, श्वासप्रश्वास समस्या, पखाला र अन्य गम्भीर रोगहरू निम्त्याउछ ।

प्रदूषण र स्वास्थ्यसम्बन्धी ल्यान्सेट आयोगले विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव ‘युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको’ जनाएको छ । ‘प्रदूषण मानव स्वास्थ्य र ग्रह अस्तित्वमा खतरा हो । यसले आधुनिक समाजको दिगोपनलाई खतरामा पार्छ’, अध्ययनमा भनिएको छ ।

‘यदि हामीले स्वच्छ र हरियाली तरिकाले उत्पादनका लागि व्यवस्थापन गर्न सकेनौँ भने डरलाग्दो गल्ती गरिरहेका छौंँ’, रिपोर्टका प्रमुख लेखक रिचर्ड फुलरले भने । रसयानिक प्रदूषणले जैविक विविधतालाई पनि हानी गरेको र यो अर्को चुनौती भएको उनले बताए । ‘यी चीजहरू भयानक रूपमा जोडिएका छन्’, उनले थपे ।

समग्रमा विश्वव्यापी रूपमा ६ जनामा एक जनाको अकाल मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । घरभित्रको वायु प्रदूषण, असुरक्षित पिउने पानी र अपर्याप्त सरसफाइसँग सम्बन्धित मृत्युदरमा कमीसँगै अफ्रिकामा भने धेरै सुधार आएको अन्वेषकहरूले बताएका छन् ।

दक्षिण र पूर्वी एसियामा औधोगिकरणसँग जोडिएको अकाल मृत्यु भने बढेको विज्ञहरुले बताएका छन् । लेन्सेट प्लेन्टरी हेल्थमा प्रकाशित सो अध्ययनमा सन् २०१९ मा व्यापक वायु प्रदूषणले ४५ लाखको ज्यान गएको थियो । जबकी सन् २०१५ मा ४२ लाख र सन् २००० मा २९ लाखको मृत्यु भएको थियो । रासायनिक प्रदूषण पनि बढ्दै गएको छ ।  सिसाको विषाक्तताले मात्र ९००००० जनाको मृत्यु भएको छ ।

सन् २०२१ मा अल्जेरियाले पेट्रोलमा लिडमाथि प्रतिबन्ध लगाएका थियो । यस्तो प्रतिबन्ध लगाउने उ अन्तिम देश हो । तर, लिड–एसिड ब्याट्री र विद्युतीय फोहरको अनियमित पुनप्र्रयोगका कारण मानिसहरू विषाक्त पदार्थमा निरन्तर ‘एक्सपोज’ भइरहे ।  यसमा दूषित मसला पनि जिम्मेवार छ ।

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution