Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित

प्रत्यूष १२३२ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २, सोमबार (४ साल अघि)
पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित

काठमाडौं, २ जेठ।  

घरेलु मैदानमा पहिलो पटक भएकाे टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाकाे पहिलाे दिन युगान्डासँग नेपाल १२ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटिएको हाे।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक १६ रन बनाइन् । इन्दु २८ बलमा  एक चौका प्रहार गर्दै रन आउट भइन् ।

यस्तै, डल्ली भट्टले १० बलमा १३ रन र विन्दु क्षेत्रीले २३ बलमा १२ रन बनाए । अविजित रहेकी कविता कुँवरले ६ बलमा ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका दुj} ओपनर ब्याटर रन आउट भएका थिए । बिन्दु रावल २३ बलमा १२ रन बनाएर रन आउट भइन् । विकेट किपर समेत रहेकी ज्योति पाण्डे ७ बलमा ६ रन बनाएर पेवेलियन फर्किइन् ।

कप्तान रुविना क्षेत्री ९, अप्सरी वेगम १, कविता जोशी ४, रोमा थापाले ५ रन बनाएर आउट भए ।

युगान्डाको लागि सराह एकिटेङ र कोन्सी अवेकोले समान दुई विकेट लिइन् । ४ ओभर बलिङ गरेकी सराहले १३ रन खर्चिइन् । कोन्सीले ४ ओभरमा १५ रन खर्चिएर २ विकेट लिइन् । जनेत एमवावाजी र रिता मुसामालीले समान एक विकेट हात पारे ।

टस हारेर ब्याटिङ गरेको युगान्डाका लागि जनिद एम्बाबाजीले सर्वाधिक २९ रन बनाइन् । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरेकी थिइन् ।

रिता न्याङ्गिन्डोले १८ रन, ओपनर केविन अविनोले १५, रीता मुसामालीले १३, फ्राङ्क्लिन नाजुम्बोले १२ रन बनाइन् ।  ओपनर ब्याटर लिओना बाविर बोल्ड आउट भइन् ।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । ४ ओभर बल फ्याँकेकी कविताले १५ रन खर्चिइन् । रुविना क्षेत्री, कविता जोशी र इन्दु वर्माले समान १ विकेट लिएका थिए ।

पहिलो टी-२० खेलमा नेपालकी अस्मिना कर्माचार्यले डेब्यु गरिन् । उनलाई कप्तान रुविनाले डेब्यु क्याप प्रदान गरेकी थिइन् । वागमती प्रदेशको कप्तानी गर्दै आएकी तीव्र गतिकी बलर अस्मिना बन्द प्रशिक्षणमा यस अघि रहेपनि पहिलो पटक टिममा स्थान बनाएकी हुन् ।

डेब्यु खेलमा उनले तीन ओभर बलिङ गर्दै १९ रन खर्चिएकी थिएन् । यद्यपि, विकेट भने लिन सकिनन् । ब्याटिङतर्फ भने ३ बलमा रन जोड्न सकिनन् ।

नेपालले पहिलो पटक घरेलु मैदानमा अन्तरराष्ट्रिय श्रृंखला खेलेको हो । ऐतिहासिक श्रृंखलाको दोस्रो खेल भोलि टियु मैदानमै हुनेछ । नेपाल र युगान्डाबीच पाँच खेलको श्रृंखला हुनेछ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

  • Post Thumbnail

    छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ

  • बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

  • रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

    रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेस महाधिवेशनमा आधा दर्जन पत्रकार उम्मेदवार

    आज दिनभर झरी, शनिबारदेखि सुधार हुने

    आज दिनभर झरी, शनिबारदेखि सुधार हुने

    Post Thumbnail

    पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

    Post Thumbnail

    करेन्ट लागेर भण्डारीको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution