Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रधानमन्त्री, सभामुखदेखि शीर्ष नेताले कहाँबाट गर्ने छन् मतदान ?

७९२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३०, शुक्रबार (४ साल अघि)
प्रधानमन्त्री, सभामुखदेखि शीर्ष नेताले कहाँबाट गर्ने छन् मतदान ?

काठमाडौं, ३० वैशाख

देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ ।

देशभर एकै चरणमा निर्वाचन हुँदैछ ।  निर्वाचनमा सहभागी हुन मतदाता नामावली भएको गाउँ ठाउँमा स्थानीहरु पुगेका छन् ।

आज सवारी चल्ने भएसँगै एक दुई दित यता काठमाडौंसहितका मुख्य सहरी क्षेत्रमा रहेका मतदाता गाउँगाउँ पुगेका छन् ।

यसैक्रममा विभिन्न दलका शीर्ष नेताहरु पनि मतदानका लागि गाउँ पुगेका छन् । प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, सभामुखसहित राजनीतिक दलका शीर्ष नेताहरु मतदानका लागि आफ्नो मतदाता नामावली भएको स्थानीय तह पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा केही दिन यता गृह जिल्लामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेलधुरा पुगेका छन् । प्रधानमन्त्री देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्ने छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । त्यसका लागि उनी सिन्धुपाल्चक पुगेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’केही दिन अघि नै चितवन पुगेका छन् । उनले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट मतदान गर्ने छन् । त्यसका लागि उनी गौर पुगिसकेका छन् । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नेछन् । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविबाट मतदात गर्ने छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्ने छन् । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्ने छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल उच्च मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

  • जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

  • Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

  • Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

    Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution