Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २१, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

३९७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३०, शुक्रबार (१ साल अघि)
थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

काठमाडाैं, ३० वैशाख

३० वैशाख, २०७९ शुक्रबार । तद्नुसार मे महिनाको १३ तारिक २०२२ । वैशाखशुक्लपक्ष द्वादशी, प्रदोष व्रत, हस्त नक्षत्र, व्रज योग, चन्द्रमा कन्या राशिमा छ ।

आज बिहान सूर्योदय ५ः१६ मा भएकाे छ भने सूर्यास्त ६ः४५ मिनेटमा हुनेछ । आजको दिन विदेश यात्राका लागि शुभ हुनेछ । आजका देवता वरुण र ग्रहदेव चन्द्र हुन् । शुक्रबार यात्रा गर्दा शुभ हुनेछ । आज देवालय र शिवालयको यात्रा पनि शुभ मानिन्छ । आज ११ः३४ देखि १२ः३४ सम्मसम्मको समय अत्यन्त शुभ समय मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । प्रदोष पनि भएकाले सोचेअनुसार काम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारमा अर्थलाभ हुँदा मनमा खुसियाली हुनसक्छ । सकारात्मक हुन जरुरी छ । आजको दिन नियमित कामबाहेक अन्य काममा त्यति ध्यान नदिनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच राखेर  मात्र काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । तपाईमाथि लाग्ने आरोपको विषयमा धेरै विवाद नगर्नु नै बेस हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकका लागि आजको दिन आर्थिक र सामाजिक समस्याले  मनमा अनेकखालका समस्या आउनसक्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला । घर परिवारमा समेत सामान्य कुरामा पनि विवाद हुनसक्छ । त्यसैले आफ्नो नियमित कामबाहेक अन्य काममा त्यति धेरै चासो नदिदा राम्रो हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला । विहानको सूर्योदयको दर्शन गरेर मात्र दिनको कामको शुरुवात गर्नुभयो भने सफलता मिल्नेछ । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईकैे काम र व्यवहारका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीको  धनराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ । कुमारी मन्दिरको दर्शन वा कुमारी कज्यालाई भोजन र बस्त्र दान दिनुभयो भने उत्तम हुनेछ। चन्द्रमाको साथ रहेको छ । त्यसैले आज विहान सूर्योदयको दर्शन गर्नु उत्तम मानिन्छ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन शुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । सकारात्मक सोच र अध्ययन अनुसन्धानको काममा लाग्नु वेश हुनेछ । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।  बालक, बृद्धलाई भोजन र वस्त्र दान दिनुभयो भने उत्तम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका जातका लागि पनि ग्रह बलिया भएका छन् । आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । लामो यात्राको लागि निस्कनु अघि घरमा पूर्व पर्खेर, माता र कन्याको हातमा दक्षिण दिएर मात्र यात्राको शुरुवात गर्नुहोला ।

 मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : विगतमा तपाईंले गरेको कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । आफ्नो व्यवसाय भएको ठाउमा रहेको लक्ष्मीमाताको मन्दिरको सरसफाई गर्नुहोला । व्यापारबाट सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा पनि सफलता मिल्नेछ । विदेश यात्रा जानेहरुको लागि खुसीको खबर मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ ।  विदेश यात्रा गर्ने सोच राख्नुभएको छ भने त्यस काममा लाग्नुहोला । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने थप शक्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन मनमा प्रसन्नता छाउने छ । विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । प्रदोष समेत भएकाले साँझ शिवालयमा गएर आरती गर्ने र आरतीको दर्शनमात्रले तपाईको मनमा सकारात्मक उर्जा थपिने छ ।

प्रतिक्रिया दिनुहोस
राशिफल सम्बन्धि थप
  • हेर्नुहोस तपाईको आजको राशिफल

    हेर्नुहोस तपाईको आजको राशिफल

  • हेर्नुहोस तपाईको आजको राशिफल

    हेर्नुहोस तपाईको आजको राशिफल

  • हेर्नुहोस तपाईको आजको राशिफल

    हेर्नुहोस तपाईको आजको राशिफल

  • यस्तो छ तपाइँको आजको राशिफल

    यस्तो छ तपाइँको आजको राशिफल

  • प्रत्यूष ई-पेपर थप

    २०८० जेष्ठ १२ गते शुक्रबार

    २०८० जेष्ठ १२ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    महासचिव घनश्याम भुसाललाई पितृशोक

    महासचिव घनश्याम भुसाललाई पितृशोक

    १७०० रुपैयाँले घट्याे सुनको मूल्य

    १७०० रुपैयाँले घट्याे सुनको मूल्य

    हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

    हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0