Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर १५, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विशिष्ट व्यक्तित्व र शीर्ष नेताको मतदान कहाँबाट ?

प्रत्यूष ७६१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २९, बिहिबार (३ साल अघि)
विशिष्ट व्यक्तित्व र शीर्ष नेताको मतदान कहाँबाट ?

काठमाण्डाै,२९ बैशाख ।

भाेलि वैशाख ३० गते शुक्रवार देशभर एकै चरणमा पालिका चुनाव हुँदैछ । नगर, गाउँबाहिर रहेका मतदाता चुनावका लागि आ–आफ्नो मतदाता नामावली भएको पालिकामा पुगिसकेका छन् ।

देशका विशिष्ट व्यक्तित्व, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रिपरिषद्का सदस्य पनि मतदानका लागि आ–आफ्नो क्षेत्रमा पुगिसक्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगिसक्नुभएको छ । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलामा रहेकाे असिग्राम माध्यामिक विद्यालयकाे मतदान केन्द्र (ख) बाट मतदान गर्नुहुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविण्डेकाे सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका ७ राम्जाकाे पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । यसैगरी पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटकाे महेन्द्र शान्ति माविकाे (क) मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका १४ शान्तिपुरकाे नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट, पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नुहुनेछ ।

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका १ काे अन्नपूर्ण मावि र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाण्डाैकाे मध्यबानेश्वमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका २ को सत्यवती मावि केन्द्रबाट मतदान गर्नुहुनेछ । यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टोखा नगरपालिका ६ काे नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । एमाले उपाध्यक्ष रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिका १० काे नारायणी नमुना माध्यामिक विद्यालय र उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका ५ काे भण्डारा अस्पताल केन्द्रबाट मतदान गर्नुहुनेछ ।

यस्तै कांग्रेसका नेता शेखर कोइरालाले मोरङको विराटनगर महानगरपालिका ७ काे आदर्श मावि, माओवादीका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरान्चोक गाउँपालिका ८ काे परोपकार माविबाट मतदान गर्नुहुनेछ । माओवादी नेता हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका ४ काे कमला माध्यमिक र नेता मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिका २ काे रामप्रसाद उच्च माविबाट मतदान गर्नुहुनेछ ।

सत्ता गठबन्धनका तर्फबाट काठमाण्डाै महानगरपालिकाको मेयर उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले पकनाजोलकाे युवक मावि मतदान केन्द्र, नेकपा (एमाले) उम्मेदवार केशव स्थापितले बागबजारकाे पद्यमकन्या बहुमुखी क्याम्पस र स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले गैरीगाउँकाे अन्नपूर्ण विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

यसैगरी भरतपुर महानगरपालिकाको मेयरमा माओवादीका उम्मेदवार रेनु दाहालले भरतपुर महानगरपालिका १४ काे आधारभूत विद्यालय सुन्दरबस्ती, एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका १२ काे मोहन मावि र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नुहुनेछ ।

देशभरका १० हजार सात सय ५६ मतदानस्थलमा रहेका २१ हजार नाै सय मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य बेलुकी ५ बजेसम्म जारी रहनेछ । चुनावबाट सात सय ५३ पालिकाका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडा सदस्य गरी ३५ हजार दुई सय २१ जना निर्वाचित हुनेछन् ।

जसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका र दुई सय ७६ नगरपालिकामा गरी दुई सय ९३ मेयर र उपमेयर, चार सय ६० गाउँपालिकामा एक/एक जना अध्यक्ष र उपाध्यक्ष, ६ हजार सात सय ४३ वडामा अध्यक्ष, त्यही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार चार सय ८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

पालिका चुनावमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार पाँच सय ३० महिला र एक सय ८३ अन्य गरी एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना मतदाता रहेका छन् । यस पटकको चुनावमा बिहीवारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् ।

उपराष्ट्रपतिले मतदान नगर्ने

उपराष्ट्रपति नन्दबहादुर पुनले पालिका चुनावमा मतदान नगर्ने हुनुभएको छ । उहाँले उपराष्ट्रपतिमा निर्वाचित भएपछिका कुनै पनि चुनावमा मतदान गर्नुभएको छैन । उपराष्ट्रपति पद राष्ट्रको साझा व्यक्तित्वका रूपमा रहेको र अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले उहाँले मतदान नगर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्चारमन्त्री खरेल

    एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्चारमन्त्री खरेल

  • मल्कवाङमा पहिलोपटक बस पुग्यो

    मल्कवाङमा पहिलोपटक बस पुग्यो

  • उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

  • देश गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय निर्वाचन नै हो : प्रचण्ड

    देश गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय निर्वाचन नै हो : प्रचण्ड

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर १२ गते शुक्रबार

    २०८२ मंसिर १२ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्चारमन्त्री खरेल

    एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्चारमन्त्री खरेल

    मल्कवाङमा पहिलोपटक बस पुग्यो

    मल्कवाङमा पहिलोपटक बस पुग्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    देश गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय निर्वाचन नै हो : प्रचण्ड

    देश गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय निर्वाचन नै हो : प्रचण्ड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution