Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ७, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाली कामदार लैजान ढिलाइबारे इजरायल सरकारलाई ध्यानाकर्षण

प्रत्यूष ३९० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २८, बुधबार (३ साल अघि)
नेपाली कामदार लैजान ढिलाइबारे इजरायल सरकारलाई ध्यानाकर्षण

काठमाडौं, २८ वैशाख । 

ईजरायलले नर्सिङ क्षेत्रमा लैजाने नेपाली कामदारको प्रक्रिया रोकिएकोबारे नेपालले ध्यानाकर्षण गराएको छ । इजरायल जाने अन्तिम तयारीमा रहेका ८०० भन्दा बढी नेपाली कामदार तीन महिनादेखि लामो समय हुँदा पनि जान पाएका छैनन् ।

यस विषयमा नेपालले इजरायली अधिकारीहरूको ध्यानाकर्षण गराएको हो । नेपाली पक्ष र इजरायली सरकारी अधिकारीहरूबीचको भेटका क्रममा नेपालले ध्यानाकर्षण गराएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल र इजरायलस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अर्जुन घिमिरेले इजरायलका लागि नेपाली राजदूत हनन गोदार, इजरायली पपुलेसन एण्ड इमिग्रेसन एथोरीटी (पीबा) का निर्देशक सिर्लेयी, इजरायल स्वास्थ्य मन्त्रालयका निर्देशक सफ्फीसँग भेटवार्ताको क्रममा ध्यानाकर्षण गराएका हुन् ।

भेटको क्रममा इजरायली पक्षले परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलन सकिनेविक्तिकै प्रक्रिया सुचारू गर्ने बताएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

एक हजार जना नेपाली कामदार लैजान सम्झौताअनुसार नेपालबाट तीन चरणमा गरेर २९७ जना नेपाली कामदार इजरायल गइसकेका छन् । उनीहरूले काम थालेको पनि तीन महिना भन्दा बढी भइसकेको छ । बाँकी रहेका कामदार भने अझै जान पाएका छैनन् ।

नेपाल र इजरायलबीच सरकारी स्तरमा (जी टु जी) हस्ताक्षर भएको इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार (एक्जुलरी ओर्कर) ल्याउने सम्बन्धी सम्झौता भएको थियो । सोहीअनुसार वैदेशिक रोजगार विभागले विभिन्न चरणका परीक्षामार्फत छनौट गरेका एक हजारभन्दा बढी नेपालीहरूमध्ये हालसम्म २९७ जना इजरायल गइसकेका छन् ।

तर, बाँकीको कामदार सम्झौता, भिसा, प्रि डिपाचार ओरिएन्टेसन लगायतका सबै प्रक्रिया पूरा भइसकेका छन् । तर, कर्मचारीको आन्दोलनका कारण तीन महिनाभन्दा लामो समयदेखि प्रक्रिया रोकिएको छ । जसले गर्दा नेपालीहरू इजरायल जान पाएका छैनन् ।

यस विषयमा नेपालले इजरायल सरकारको बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ । तर, परराष्ट्र मन्त्रालयका कर्मचारीको आन्दोलन नरोकिएसम्म केही गर्न नसकिने जवाफ इजरायली अधिकारीले दिँदै आएका छन् । सेवासुविधा बृद्धिको माग गर्दै इजरायली परराष्ट्र मन्त्रालयका कर्मचारीहरू तीन महिनादेखि आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

    बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

  • केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

    केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

  • धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

    धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

  • तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

    तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

    बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

    केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

    केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

    धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

    धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

    तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

    तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution