Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गाडी पठाएर मतदाता ओसारपसार गर्दै दलहरू

प्रत्यूष ९८८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २८, बुधबार (४ साल अघि)
गाडी पठाएर मतदाता ओसारपसार गर्दै दलहरू

काठमाडौं, २८ वैशाख। 

काभ्रे पाँचखाल घर भएका उमेश पराजुली आज बिहानै घरतिर लागे । उनीसहित सात जनाको टोलीलाई लिन पाँचखालबाट नेपाली कांग्रेस पार्टीले गाडीको व्यवस्था गरेको रहेछ । कांग्रेसले आफ्ना मतदाताभन्दा कांग्रेसप्रति आस्था राख्ने र जिल्ला बाहिर रहेका मतदातालाई लिन यसरी गाडीको व्यवस्था गरेको छ ।

उनी अब मत दिएर मात्रै काठमाडौं फर्किनेछन् । काठमाडौंको असनमा कपडाको व्यापार गर्दै आएका उनको पसल पाँच दिनका लागि बन्द हुनेछ । ‘पाँच वर्षमा एक पटक मतदान गर्ने अवसर जुरेको छ । त्यसमा पनि आफ्नै नजिकको दाई उठ्नु भएको छ । उहाँले गाडीको व्यवस्था पनि गरिदिनुभयो,’ पराजुलीले भने ।

उनी जस्ता सयौँ मतदाताले विभिन्न राजनीतिक दलले पठाएका गाडी प्रयाेग गरी अहिले काठमाडौंलगायत सहरी क्षेत्र छोडिरहेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो चौबिस घण्टामा ६९ हजार ८१ जनाले काठमाडौं छोडेका छन् । जबकी सामान्यतया दैनिक २५ देखि ३० हजारको हाराहारीमा मानिस बाहिरिने गरेका थिए । त्यही हाराहारीमा काठमाडौं भित्रिने समेत थिए । तर, अहिले पछिल्लो चौबिस घण्टामा ४२ हजार ८३२ जना काठमाडौं भित्रिएका छन् ।

हिजो र आज काठमाडौंबाट बाहिरिनेको संख्या निकै बढेको छ । भोट हाल्न आफ्नो क्षेत्रमा जान लागेका धेरै मतदातालाई राजनीतिक दलले गाडीको व्यवस्था गर्दै आएका छन् ।

नेकपा एमाले दार्चुला–काठमाडौं सम्पर्क मञ्चले ११ बसमा मतदाता तथा एमाले सुभचिन्तकहरूलाई दार्चुला लग्यो । मतदाता तथा एमालेका शुभचिन्तकहरूलाई मञ्चले नै गाडी बुकिङ गरेर दार्चुला पुर्‍याएको थियो ।

यसरी राजनीतिक दलहरूले गाडीको व्यवस्था गरेर आ–आफ्नो क्षेत्रमा लैजाने व्यवस्था मिलाइरहेका छन् । कोही भने आफै टिकट काटेर पनि घरतिर गइरहेका छन् । जसले गर्दा गोगंबुस्थित नयाँ बसपार्कमा औषतमा पछिल्ला दिनहरूमा टिकटको बिक्री बढ्दो क्रममा छ ।

उपत्यकाको नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायतका क्षेत्रमा यात्रुको भिड बाक्लो छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी संजिव शर्मा दासका अनुसार अहिले उपत्यका छोड्नेको संख्या निकै बढी छ । त्यस्तै कार्यव्यस्ताताका कारण बाहिर रहेका तर, घर काठमाडौंमा रहेकाहरू काठमाडौं फर्किने क्रम पनि बढ्दो रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

  • Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

  • Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

    Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution