Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

प्रत्यूष ९५२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २८, बुधबार (४ साल अघि)
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, २८ वैशाख । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा ग.२ ख ६५८ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ट्रकमा सवार मकवानपुर गोकर्ण बस्ने ३४ वर्षीय सन्त बहादुर तितुङ र म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवा बस्ने ४३ वर्षीय खुम बहादुर रामजाली रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको काठमाडौं महानगरपालिका–१४ कलंकी चोकमा बा.५ ख ७३४५ नम्बरको टिपरले बा.८० प ६३७३ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका–२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पूर्व)को गैंडाकोट नगरपालिका–२ भृकुटी चोकमा ना.३ ख १८९ नम्बरको ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका ४५ वर्षीय पुरुष रहेका छन् । उनको मंगलबार दिउँसो मृत्यु भएको हो ।

सुतीरहेको अवस्थामा ट्रकले किचेर गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२५ अमृत चोकमा ना.५ त ५७३१ नम्बरको ट्रयाक्टरले ना.५१ प ८२३४ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही महानगरपालिका–२२ बस्ने २९ वर्षीय बिनय बोटे रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका  सोही ठाउँ बस्ने ५२ वर्षीय बाबुराम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बैतडीमा भूकम्प

  • Post Thumbnail

    असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात

  • आश्विन शुक्ल पूर्णिमा :  नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन

    आश्विन शुक्ल पूर्णिमा : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन

  • मलेखुको झोलुङ्गे पुललाई  वैकल्पिक मार्गमा प्रयोग गरेपछि…

    मलेखुको झोलुङ्गे पुललाई वैकल्पिक मार्गमा प्रयोग गरेपछि…

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्वमा जनतासँग मन्त्री गौतम

    पर्वमा जनतासँग मन्त्री गौतम

    Post Thumbnail

    बैतडीमा भूकम्प

    ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

    ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

    Post Thumbnail

    बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution