Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन १, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निर्वाचनमा खटिने प्रहरीलाई हतियारदेखि सन्चार सेटसम्म अभाव, भत्तासमेत काटियो

प्रत्यूष ४६२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २७, मंगलबार (३ साल अघि)
निर्वाचनमा खटिने प्रहरीलाई हतियारदेखि सन्चार सेटसम्म अभाव, भत्तासमेत काटियो

काठमाडौं, २७ वैशाख ।

स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी अभावै अभावकाबीच खटिएको छ । २०७४ सालको निर्वाचनमा सात दिन बराबरको भत्ता पाएको नेपाल प्रहरी अहिलेको निर्वाचनमा त्यो पनि कटौती भएको छ ।

आर्थिक मन्दिका कारण सरकारले सुरक्षा निकायलाई दिइँदै आएको निर्वाचन सुरक्षा भत्ता कटौती गरेको हो । एकातिर भत्ता कटौतीको सामना गरिरहेको नेपाल प्रहरी अर्कोतिर हतियारदेखि सञ्चारसेटसम्मको अभावमा छ ।

निर्वाचनमा खटिँदा आवश्यक पर्ने साना हतियार नेपाल प्रहरीसँग नहुँदा नेपाली सेनाबाट मागेको छ । त्यस्तै झण्डै १५ हजार सञ्चार सेटको पनि अभाव देखिएको छ । त्यसका लागि प्रहरीले पुराना बिग्रिएका मर्मत सम्भार गरेर काम चलाएको छ । त्यस्तै व्यक्तिगत फोनको प्रयोग गरेर समेत काम चलाइरहेको छ ।

निर्वाचनको मिति घोषणा भएसँगै प्रहरीले हतियार र सञ्चार सेट किन्नको लागि सरकारसँग माग गरेको थियो । तर, सरकारले माग बमोजिम बजेट नदिएपछि प्रहरीले सेनासँग हतियार मागेको हो ।

नेपाल प्रहरीमा हालै एक हजार २०० जति प्रहरी वरिष्ठ नायव निरीक्षक थपिएका छन् । थपिएका प्रहरी जुनियर अधिकृतहरूका लागि हतियारको अभाव भएको प्रहरीले जनाएको छ ।  त्यस्तै प्रहरीले केही थान सञ्चार सेट पनि नेपाली सेनासँग मागेर काम चलाइरहेको छ । सरकारले यस पटक निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मीलाई दिइने भत्तासमेत कटौती गरेको छ ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिएका सुरक्षा कर्मचारीहरूलाई सात दिनको भत्ता उपलब्ध गराइएको थियो । तर, अहिले त्यो कटौती गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए ।

सीमित स्रोत साधनका बाबजुत प्रहरी निर्वाचन सुरक्षामा खटिएको छ । सवारी साधन, हातहतियार, सञ्चार उपकरण लगायतका स्रोत साधानको अभाव देखिएको हो । अभावका बाबजुत व्यवस्थापन गरेर निर्वाचन सुरक्षाको काम भइरहेको प्रहरी प्रवक्ता केसीले बताए ।

देशभर रहेका १० हजार ७५६ मतदानस्थल छन् । तीमध्ये दुई हजार ९४६ मतदान स्थल अतिसंवेदनशीलको रूपमा वर्गिकरण गरिएको प्रवक्ता केसीले बताए ।  प्रहरीले उपत्यकाबाट नाै हजार ६०० प्रहरी बाहिरी जिल्लामा खटाएको छ ।

स्थानीय तह निर्वाचनका लागि नेपाली सेना र सशस्त्र प्रहरीले पनि गस्ती सुरु गरेको छ । मंगलबारबाट नेपाली सेना र सशस्त्र प्रहरी हरेक मतदान केन्द्रमा खटिएका छन् । हरेक पालिकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले मोबाइल गस्ती पनि थालेको छ ।

मंगलबारबाट गाउँपालिका, नगरपालिका र महानगरपालिकामा सुरक्षा चुनौती अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता केसीले बताए । नेपाली सेनाले पनि हरेक पालिकामै पुरेर सुरक्षा गस्ती थालेको छ । बाहिरी सुरक्षा र आपत्‌कालीन अवस्थामा सेना तैनाथ रहने गरी गृह मन्त्रालयले सुरक्षा व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

  • सुनको मूल्य तोलामा एक हजार घट्यो

    सुनको मूल्य तोलामा एक हजार घट्यो

  • पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

  • नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

    नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३१ गते मंगलबार

    २०८२ भाद्र ३१ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    सुनको मूल्य तोलामा एक हजार घट्यो

    सुनको मूल्य तोलामा एक हजार घट्यो

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

    नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution