Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रुसी राष्ट्रपतिबारे बाइडेनको टिप्पणीः पुटिन अनुमान गर्न माहिर व्यक्ति

प्रत्यूष ४९२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २७, मंगलबार (३ साल अघि)
रुसी राष्ट्रपतिबारे बाइडेनको टिप्पणीः पुटिन अनुमान गर्न माहिर व्यक्ति

एजेन्सी    
न्युयोर्क, २७ वैशाख। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन् । वाशिंगटनमा एक राजनीतिक कोषमा बोल्दै बाइडेनले पुटिन धेरै अनुमान गर्ने व्यक्ति भएको र  अझै पनि किभको अवस्थाको बारेमा के गर्ने भनेर पत्ता लगाउन प्रयास गरिरहेको बताए ।

७९ वर्षीया पुटिनले युक्रेनमा आक्रमण गरेर उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) र युरोपेली युनियन (इयू) लाई तोड्न सक्छ भन्ने विश्वास गरेर गल्ती गरेको बताए । युक्रेनलाई आफ्नो देश र लोकतन्त्रको रक्षा गर्न र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रुर युद्ध विरुद्धको लडाईर्मा  समर्थन गर्ने उनले बताए ।

युक्रेनलाई थप ३३ अर्ब डलर सहयोगका लागि राष्ट्रपति बाइडेनले स्वीकृति जनाइसकेका छन् । यसैबीच, रुसी सेनाले पूर्वीयुक्रेनमा आफ्नो हमला जारी राखेको छ । २४ फेब्रुवरीमा हमला गरेको रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको छ ।

रुसी हमलामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय (ओएचसीएचआर)  ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने अनुमान पनि एचसीएचआरले गरेकाे छ ।

अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ । रुसले युक्रेनमा आफ्नो हमलालाई  युक्रेनलाई निशस्त्रीकरण गर्न र फाँसीवादीहरूबाट जोगाउनको लागि गरेकाे ‘विशेष कारबाही’ भनेको छ, जसलाई युक्रेन र पश्चिमाहरूले निराधार भनेका छन् ।

युद्ध अन्त्यका लागि दुबै पक्षबीच पटक पटक भएका वार्ता बिननिस्कर्ष टुंगिएका छन् । युक्रेनले दुई देशका राष्ट्रपति तहमा वार्ता हुनुपर्ने बताउँदै आएको छ । रुसले वार्ता र आक्रमण सँगसँगै लैजाने रणनीति लिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution