Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बिच्किँदै चार दल, फकाउँदै कांग्रेस

१०२५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २७, मंगलबार (४ साल अघि)
बिच्किँदै चार दल, फकाउँदै कांग्रेस

काठमाडौं, २७ वैशाख 

पाँच दलीय गठबन्धनका नेताहरूबीच स्थानीय तह निर्वाचनमा तालमेललाई लिएर भएको मनमुटाव छताछुल्ल हुँदै गएको छ ।

तालमेल भएको स्थानीय तहमा गठबन्धनकै नेतृत्वदायी दल नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेपछि गठबन्धनमा रहेका अन्य दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले चित्त दुखाउँदै आएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार कैलालीको धनगढी पुगेर कांग्रेसबाट निर्वाचनमा धोका हुन सक्ने चेतावनी दिए ।

निर्वाचनको सङ्‍घारमा गठबन्धन दलहरूबीच तालमेल गर्न बल गर्ने नेताबाटै यस्तो चेतावनी आउनुको अर्थ गठबन्धनमा भित्रभित्रै आगो सल्किरहेको छ ।

प्रचण्ड राष्ट्रियसभा निर्वाचनमा १९ मध्ये १८ सिटमा तालमेल हुँदा जित हात परेपछि हौसिएका थिए ।  स्थानीय निर्वाचनमा पनि तालमेल हुँदा प्रमुख विपक्षी दल एमालेलाई पराजित गर्न सकिने उनको हिसाब थियो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि तालमेल गर्दा एमालेलाई कमजोर पार्न सकिने निष्कर्षमा थिए ।

सोही कारण १७ चैतमा तालमेल गर्ने निर्णय गरेर अघि बढे पनि अधिकांश स्थानीय तहमा तालमेल नै सम्भव भएन ।  तालमेल भएकामा पनि कांग्रेसबाट बागी उम्मेदवारी पर्‍याे। बागी उम्मेवदारीकै कारण चितवनको भरतपुर महानगरपालिकामा जित चुनौतीपूर्ण बनेको छ ।

प्रचण्डले सोमबार कांग्रेसबाट तालमेलमा धोका हुन सक्ने चेतावनी यही राजनीतिक पृष्ठभूमिमा दिएका हुन् ।  एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि सोमबार नै तालमेलप्रति असन्तुष्टि जनाए ।

उनको असन्तुष्टि भने कांग्रेस र माओवादीप्रति लक्षित थियो । उनले इलाममा भनेका थिए, ‘गठबन्धनको मर्म र भावनाविपरीत तालमेल भयो ।’

तैपनि गठबन्धनबाट भने अलग हुन भने नचाहेको बताए । तर, तालमेलबारे भने समीक्षा गर्न जरुरी रहेको उनको भनाइ छ ।

२३ वैशाखमा काठमाडौंको रत्‍नपार्कस्थित शान्ति बाटिकामा पाँच दलको संयुक्त चुनावी सभामा सोही दलका अध्यक्ष माधवकुमार नेपालले पनि तालमेललाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई त संयुक्त चुनावी सभामा सहभागी नै भएका छैनन् ।  उनीहरू सहभागी नहुनुको अर्थ तालमेललाई लिएर उनीहरू पनि खुसी छैनन् ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले भने विज्ञप्तिमार्फत तालमेलको क्रममा एउटा पनि महत्वपूर्ण नगरपालिका नपाएको भन्दै आक्रोश पोखे ।

यसरी गठबन्धनकै चार दलका शीर्ष नेताहरूबाटै निर्वाचन हुन तीन दिन बाँकी छँदा मुख्य रूपमा कांग्रेसप्रति प्रश्‍न गरिरहनु अर्थपूर्ण छ । फेरि, यहीबेला प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘१७ असार’लाई गठबन्धन भत्किने ‘डेटलाइन’ तोकिदिएका छन् ।

हुन त कांग्रेस महामन्त्री विश्‍वप्रकाश शर्माले गृहजिल्ला झापाको धुलाबारीमा पुगेर कांग्रेस नेतृत्वमा गठबन्धन बनाउन माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको योगदान धेरै रहेको चर्चा गरे ।

उनले भनेका छन्, ‘अहिले नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन बन्‍नुमा पुष्पकमल दाहालको धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ।’

दाहाल, नेपालसहितका नेताहरू तालमेलमा कांग्रेसको भूमिकालाई लिएर असन्तुष्ट भएका बेला शर्माले उनीहरूलाई फकाउन यसो भनेका हुन्।

पाँच दलबीच गठबन्धन भने तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि भएको हो ।  गठबन्धनकै कारण सङ्‍घीय सरकारसँगै प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी सरकार एमालेले गुमायो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

  • Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

  • Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

    Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution