Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ११, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जिम्बावे ए विरुद्ध नेपाललाई एकदिवसीय शृंखला

प्रत्यूष ८४१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २६, सोमबार (४ साल अघि)
जिम्बावे ए विरुद्ध नेपाललाई एकदिवसीय शृंखला

काठमाडौं, २६ वैशाख। 

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय इनिङप्रेरित नेपालले सोमबार भएको अन्तिम खेलमा जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गर्दै एकदिवसीय शृंखला २-१ ले  आफ्नो पक्षमा पारेको छ ।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालसामु जिम्बावेले ३३ ओभरमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा आएको नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर १७ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो । ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । नेपालका लागि ६१ बलको सामना गरेका कुशलले ७ चौका र ४ छक्कासहित ८४ रनको महत्त्वपूर्ण इनिङ खेले ।

आशिफले ३७ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाएर पेभेलियन फर्किँदा सुनील धमला ६ रन बनाएर आउट भएका थिए ।

यस्तै, दीपेन्द्रसिंह ऐरीले अविजित ६० रनको शानदार इनिङ खेले । उनले विकेटकिपर ब्याटर विनोद भण्डारीसँग चौथो विकेटका लागि अविजित ८४ रनको साझेदारी गरेका थिए । छैटौं नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका विनोद २६ बलमा ३ चौकासहित २८ रन बनाएर अविजित रहे ।

यसअघि रोहित कुमार पौडेल गोल्डेन डक भएका थिए । बलिङतर्फ जिम्बावे ‘ए’का लागि ब्रान्डोन माभवुताले ६ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ३ विकेट लिँदा ब्राड इभान्सले ५ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावे ‘ए’ले टाडिवान्से मरुमानीको अर्धशतक मद्दतमा २१३ रनको योगफल तयार गरेको थियो । त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको अन्तिम खेल समयमा सुरु हुन नसक्दा ३३ ओभरमा घटाइएको थियो ।

बिहान ९ः३० बजे हुने तय भएको खेल वर्षाका कारण मैदान चिसो हुँदा १२ः ३० बजे मात्रै सुरु भएको थियो । ढिला गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वे ‘ए’ले ३२.१ ओभरमा  विकेट गुमाएर २ सय १३ को योगफल तयार गरेको थियो ।

जिम्बाब्वे ‘ए’का लागि ओपनर मरुमानीले ३१ बलमा ७ चौका २ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । अर्का ओपनर इनोसेन्ट काया १४ बलमा १२ रन बनाएर पेभेलियन फर्केका थिए ।

यस्तै, कुद्जाई मौञ्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाएर आउट हुँदा रोय काया ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ बनाएर पेभेलियन फर्के ।

जिम्बाब्वे ‘ए’का कप्तान टोनी मुनयोङ्गा १२ बलमा २ चौका र २ छक्कासहित २४ रनमा आउट भएका थिए । यसबाहेक जोनाथन क्याम्पबेल ३, ब्राड इभान्स ७, लुक जोङ्वे १९, ब्रान्डोन माभवुता ६ र सेफस झाओ १६ रन बनाएर आउट भएका थिए ।

जिम्बाब्वे ‘ए’का भिक्टोर न्याउची शून्यमा अविजित रहे । बलिङतर्फ नेपालका लागि किशोर महतोले ७ ओभरमा ४३ रन खर्चेर १ मेडनसहित सर्वाधिक ५ विकेट लिए ।

यस्तै, सोमपाल कामीले ७ ओभरमा ४५ रन खर्चेर २ विकेट लिँदा बासिर अहमदले २ ओभरमा ११ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा करण केसीले ६.१ ओभरमा ४० रन खर्चेर १ विकेट लिए ।

विश्वकप लिग २ अन्तर्गत अर्को महिना अमेरिकामा हुने त्रिदेशीय शृंखलाको तयारीमा रहेको नेपालले जिम्बावे ‘ए’लाई अभ्यास खेलका लागि नेपाल भ्रमणको निम्तो दिएको हो ।

नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’सँग यसअघि खेलेको ट्वान्टी २० शृंखला एक खेल वर्षाका कारण रद्द हुँदा १–१ को बराबरीमा सकिएको थियो।

एकदिवसीय शृंखलाको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले दोस्रो एकदिवसीयमा नेपालले ९ विकेटको शानदार जित निकालेको थियो ।

आज भएको निर्णायक एकदिवसीयमा ६ विकेटको जित निकालेसँगै नेपालले शृंखला आफ्नो पक्षमा पार्यो ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

    एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

  • Post Thumbnail

    शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धिः १३ दिनमा ६०० पर्यटक

  • Post Thumbnail

    बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

  • Post Thumbnail

    एनपिएलः चितवनविरुद्ध विराटनगर फिल्डिङमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

    एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

    Post Thumbnail

    शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धिः १३ दिनमा ६०० पर्यटक

    Post Thumbnail

    मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

    व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

    व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution