Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्थानीय तह निर्वाचनको दिन आन्तरिक उडान बन्द हुने, अन्तर्राष्ट्रिय उडान भने यथावत

प्रत्यूष ५४१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (३ साल अघि)
स्थानीय तह निर्वाचनको दिन आन्तरिक उडान बन्द हुने, अन्तर्राष्ट्रिय उडान भने यथावत

काठमाडौं, २५ वैशाख। 

स्थानीय तह निर्वाचनको दिन सबै आन्तरिक हवाइ सेवा बन्द हुने भएकाे छ । वायुसेवा सञ्चालक संघले निर्वाचनको दिन ३० वैशाखमा सबै उडान सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो ।

उक्त दिन सबै खालका यातायात सेवा पनि बन्द हुनेछन् । यद्यपि अन्तर्राष्ट्रिय उडान भने यथावत रहनेछन् । मुलुकभित्र मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनका उडान भने हुने संघले एक विज्ञप्ति जारी गरेर जनाएको छ ।

निर्वाचन आयोगको यहि २२ वैशाखमा बसेको बैठकले स्थानीय तह निर्वाचनको मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको थियो । सोहीअनुसार वायुसेवा सञ्चालक संघले पनि आन्तरिक सबै हवाई उडान बन्द गर्ने निर्णय गरेको हो।

मतदानको दिन भने यति एयरलाइन्सले मानवीय उद्दार तथा अनुमति प्राप्त चार्टर उडान भने कायमै राख्नेछ । त्यस्तै अन्य एयरले पनि मानवीय उद्धार तथा अनुमति प्राप्त चार्टर उडान भने कायमै राख्ने संघका प्रवक्ता योगराज कंडेल शर्माले बताए ।

तारा एयरले भने दुर्गममा गर्दै आएको खाद्यान्न ढुवाी तथा पर्यटकहरूको लागि गर्ने चार्टर उडान भने यथावत राख्ने प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution