Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा निर्वाचनका लागि १५ सय १५ जना कर्मचारी खटाइने

५४९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (३ साल अघि)
धादिङमा निर्वाचनका लागि १५ सय १५ जना कर्मचारी खटाइने

धादिङ, २४ वैशाख ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धादिङमा १ हजार ५ सय १५ जना कर्मचारी खटाइने भएको छ ।

जिल्ला निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञावलीका अनुसार जिल्लामा सुरक्षाकर्मी बाहेक १ हजार ५१५ कर्मचारी र ९ सय ९ जना स्वयंसेवक खटाइने छ । केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरूको सूची तयार पारिएको छ ।

छनोट गरिएका कर्मचारीहरूमध्ये मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार जिल्ला निर्वाचन कार्यालय धादिङको आयोजनामा निर्वाचनको व्यवस्थापनको तयारीस्वरुप अभ्यासका लागि जिल्ला समन्वय समितिको प्राङ्गणमा नमुना मतदान कार्यक्रम गरिएको थियो ।

जिल्ला निर्वाचन अधिकृत ज्ञवालीले सहजीकरण गर्नुभएका कार्यक्रममा मतदान स्थलको सुरक्षा, कस्ता मतदाताले मत हाल्न पाउने, बुथ क्याप्चर भईहालेमा के गर्ने, निमिदा मतपत्र लगाएत भईपरि आउने समस्या र समाधानका विषयमा तालिम गरिएको थियो ।

नमुना मतदान केन्द्रमा ३० गते हुनेजस्तै व्यवस्थापन गरी महिला, पुरुष, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेश गर्ने बाटो बनाइएको थियो। प्रवेश गर्ने ठाउँमा र मत पेटिकाको सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरीसमेत खटाइएको थियो।

नमुना मतदानमा मतदातालाई केन्द्रमा प्रवेश गर्ने प्रक्रियादेखि लाइन बस्ने, मतपत्र लिने, हातको औँलामा मसी लगाउने, मतदान गर्ने, मतपत्र पट्याउने र मत पेटिकामा मतपत्र खसाल्ने लगायत सबै प्रक्रिया पूरा गरिएको थियो ।

२ नगरपालिका र ११ गाउँपालिका गरी १३ वटा पालिका रहेको जिल्लामा यसपटक १ सय ९ वटा मतदानस्थल निर्धारण गरिएको छ । यी स्थलमा ३ सय ३ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । जिल्लामा २ लाख ६८ हजार ४ सय ७२ मतदाता रहेका छन् । जसमा १ लाख ३६ हजार ४ सय ३१ पुरुष, १ लाख ३२ हजार ४० महिला र अन्य १ जना रहेका छन् ।

धादिङमा मतदान स्थल र मतदान केन्द्र कुन पालिकामा कति ?

जिल्लाको सबैभन्दा बढी नीलकण्ठ नगरपालिकामा ११ मतदान स्थल र ४६ मतदान केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा कम नेत्रावती डबजोङमा ५ मतदान स्थल १४ मतदान केन्द्र र खनियाबास गाउँपालिकामा ५ मतदान स्थल र १२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यस्तै सिद्धलेकमा ७ मतदान स्थल र २४ मतदान केन्द्र, रुबीभ्यालीमा ८ मतदान स्थल र १२ मतदान केन्द्र, बेनीघाट रोराङमा १० मतदान स्थल र २४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यसैगरी धुनीबेशीमा ९ मतदान स्थल र २८ मतदान केन्द्र, थाक्रेमा ११ मतदान स्थल र ३० मतदान केन्द्र, त्रिपुरासुन्दरीमा ८ मतदान स्थल र २४ मतदान केन्द्र, ज्वालामुखीमा ८ मतदान स्थल र २१ मतदान केन्द्र रहेको छ।

गल्छीमा ८ मतदान स्थल र २३ मतदान केन्द्र, गजुरीमा ८ मतदान स्थल र २१ मतदान केन्द्र, गंगाजमुनामा ७ मतदान स्थल र २० मतदान केन्द्र तोकिएको छ । धादिङमा सबैभन्दा धेरै मतदाता नीलकण्ठ नगरपालिकामा ४४ हजार १११ जना छन् भने सबैभन्दा कम रुवीभ्याली गाउँपालिकामा ८ हजार ९५३ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution