Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एमाले, कांग्रेस र माओवादीलाई भोट हाल्नु साँढेको टाङमुनी बाल्टी थाप्नु जस्तै हो : राजेन्द्र लिङ्देन

९०७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (४ साल अघि)
एमाले, कांग्रेस र माओवादीलाई भोट हाल्नु साँढेको टाङमुनी बाल्टी थाप्नु जस्तै हो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पुराना नेता र पार्टीहरूबाट अव देशको विकास सम्भव नभएकोले विकल्प रोज्न आग्रह गरे । अहिले राप्रपा नयाँ विकल्प बनेर आएको भन्दै भोट हालेर चुनाव जिताउन आग्रह गरेका हुन् ।

‘कांग्रेसलाई अब कति पटक भोट दिएर देश बन्छ होला ? एमाले, माओवादीलाई कति पटक मौका दिए बन्छ होला ? ३० वर्षदेखि हेर्‍यौं । मैले आलोचना गर्न भनेको होइन,’ उनले भने, ‘कुनै कांग्रेसको साथीले भन्न सक्छ ? शेरबहादुर देउवालाई कति चोटि थपिदियो भने देश बन्छ होला ? केपी ओली, प्रचण्डहरूलाई कति पटक दियो भने देश बन्न सक्छ होला ? एमाले, माओवादीका साथीले भन्न सक्छ ?’

उनले पूरानै पार्टीलाई भोट दिनु भनेको साँढेको टाङमुनी बाल्टी थापेजस्तै हुने तर्क गरे । ‘फेरि मलाई भन्न मन लाग्छ, यिनै नेता र पार्टीलाई भोट दिनु भनेको साँढेको टाङमुनी बाल्टी थाप्नु जस्तै हो । साँढेको टाङमुनी बाल्टी थापेर दूध आउँछ ? आउँदैन,’ उनले भने, ‘त्यै भएर अहिले मुख्य विकल्प भनेको राप्रपा हो । खुलेर आउन मन हुनेहरूले खुलेरै सहयोग गर्नुस्, खुल्न नसक्नेले आफ्नै पार्टीमा बसेर हलोमा भोट हाल्नुस्।’

पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले एमालेलाई जनताले ८ वटै सरकारको नेतृत्व गर्ने जनमत दिए पनि त्यसलाई थाम्न नसकेको आरोप लगाउँदै उनीहरूलाई भोट दिन नहुने बताए । ‘नेपाली जनताले कम्युनिस्ट पार्टीलाई ८ वटै सरकारको नेतृत्व गर्न दिएको होइन ? यो कम्युनिस्टको सरकार कांग्रेसले ढालेको हो ? राप्रपाले ढालेको हो ? जनताले ढालेको हो ?,’ अघि भन्छन्, ‘त्यो मतलाई ५ वर्ष थामेर खान सक्दैनन् । एमाले भन्ने पार्टीलाई कति सिट दियो भने सरकार थामेर खान सक्लान् ? त्यसकारण कसैले पनि गल्ती गर्न हुँदैन । भुल गर्ने छुट छैन ।’

आफूले कुरा मात्रै नभई कामै गरेर देखाइदिने लिङ्देनको दाबी छ । ‘कांग्रेस, एमाले, माओवादीका बाठा साथीहरूले भन्नुहोला हामीले नसकेको काम राजेन्द्रले गर्न सक्छ ? हामी कर बढाउने होइन, हामीले चुनाव जितेको स्थानीय तहमा ५० प्रतिशत कर कटौती गरेर देखाइदिन्छौं,’ भन्छन्, ‘त्यसैले के कांग्रेस, के एमाले, के माओवादी, के जसपा एक पटक राप्रपालाई भोट दिनुस् । आफ्नो पार्टीको नेता आउँदा धुरीको झण्डा देखाइदिनुस् । भोट चाहिँ चुपचाप हलोमा हान्नुस् है ।’

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution