Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सत्ता गठबन्धनको सभा : छैनन् नयाँ एजेण्डा, निशानामा ओली

४१३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (३ साल अघि)
सत्ता गठबन्धनको सभा : छैनन् नयाँ एजेण्डा, निशानामा ओली

काठमाडौं,२४ वैशाख

‘गठबन्धनभन्दा प्रतिगमन बलियो छ । प्रतिगमन एक्लै छैन नेपालमा’ शुक्रबार पाँच दलिय सत्ता गठबन्धनले काठमाडौंमा स्थानीय तह निर्वाचनमा मत माग्ने उदेश्यका साथ आयोजना गरेको सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दिएको अभिव्यक्ति हो यो ।

केसीको यो भनाइले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले  पाँच दलीय गठबन्धन भन्दा सारै कमजोर छैन भन्ने कुराको संकेत गरेको छ । सत्ता गठबन्धनमा रहेको नेताहरु केही दिन यता महानगर केन्द्रीत सभामा व्यस्त बनेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र राजमोका अध्यक्ष चित्रबहादुर केसी लगायत गठबन्धनका उम्मेदवारका पक्षमा मत माग्ने सभामा व्यस्त रहेका छन् ।

वर्तमान प्रधानमन्त्रीसहित तीन पूर्व प्रधानमन्त्री रहेको पाँच दलीय गठबन्धनले काठमाडौं सहितमा ६ महानगरमा वैशाख ३० गतेको लागि चुनावी तालमेल गरेका छन् र संयुक्त रुपमा मत माग्नका लागि सभा आयोजना गरिरहेका छन् ।

कमजोर उपस्थिति ?

पाँच मुख्य राजनीतिक शक्ति एकातिर भए पनि चुनावी सभाहरुमा जनमानसको उपस्थिति भने कमजोर देखिएको भन्दै सामाजिक सञ्जालहरुमा टिप्पणी भइरहेको पाइन्छ । देशभरमध्ये नै सर्वाधिक चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा बिहीबार गठबन्धनले सभाको आयोजना गरेको थियो । गठबन्धनको शक्ति प्रदर्शनको आँकलन गरिएको उक्त सभामा मानिसहरुको कमजोर उपस्थिति देखिएको भन्दै अवस्था गठबन्धनले सोचे जस्तो सहज नरहेको टिप्पणी भएको थियो ।

बिहीबारको कार्यक्रममा नै मेयरकी उम्मेदवारसमेत रहेको प्रचण्ड पुत्री रेणु दाहालले सभामा मानिसहरुको केही कम उपस्थितिलाई लिएर चिन्तित हुनु नपर्ने बारम्बार भनेकी थिइन् भने कांग्रेस चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठले सभामा कम उपस्थितले कांग्रेसको मत गठबन्धन भन्दा यता उति हुने गरि बुझ्न नहुने बताएका थिए ।

पाँचै दलका शीर्ष नेता सहभागी कार्यक्रममा भएको कमजोर उपस्थितिले चितवन एमाले भने हौसिएको छ। कांग्रेस नेता कार्यकर्ताको चाहान विपरित गठबन्धन भएकाले बागी उम्मेदवारी पर्दा गठबन्धन यसै पनि समस्यामा रहेको छ ।

शुक्रबार काठमाडौंमा पनि सत्ता गठबन्धनले कार्यक्रमको आयोजना गरेको थियो । महानगरका उम्मेदवारसहित शीर्ष नेताहरुले सम्बोधन गरेको कार्यक्रमलाई सामान्य रुपमा नै आयोजना गरिएको थियो ।

पाँच दलका शीर्ष नेता सहभागी सभामा उपस्थित कम भएको चर्चा चलिरहँदा एमाले अध्यक्ष ओली पनि जिल्ला दौडामा छन् र संख्यात्मक रुपमा गठबन्धन भन्दा धेरै मानिस भेला गरेर उनी गठबन्धनविरुद्ध ‘आगो उकेलिरहेका’ छन्।

आजै पनि ओलीले स्वार्थमा लिप्त बनेको गठबन्धन सरकारले देशलाई बर्बाद पारेको आरोप लगाए ।‘सरकार कसरी गठबन्धन जोगाउने भन्नेमा लागिपरेको छ,’ उनले भने, ‘दस महिना हामीले हेर्‍यौं । अर्थतन्त्र डमाडोल पारे । योभन्दा बर्बाद के हुन सक्छ ?’ उनले भनेका छन् ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला पुगेर ओलीले नेपालमाथि तल्लो स्तरमा झरेर भाषण गरेका छन् । उनले नेपाललाई कुहिएको फर्सी भनिदिए ।

हुन त नेता नेपालले पनि बिहीबार चितवन पुगेर एमाले फर्सी कुहिएको जस्तै कुहिइसकेको बताएका थिए ।

कमजोर चुनाव एजेन्डा, व्यक्तिगत कुण्ठा पोख्दै नेता

स्थानीय तहमा दल तथा उम्मेदवारले गर्ने काम र भावी योजनाबारे मतदातालाई जानकारी दिन गरिएका चुनावी सभामा यस्ता विषयले कमै स्थान पाउने गरेको छ । संघीय वा प्रदेश निर्वाचनको झल्को दिने गरि सभाहरु आयोजना भइरहेका छन् ।

उक्त  स्थानीय तहमा उम्मेदवारले गर्ने काम भन्दा बढी राष्ट्रिय मुद्दा र नेताहरुको व्यक्तिगत कुण्ठामा मात्र दलहरु बढी केन्द्रित भएका छन् । जनजीविकाका सवालमा भन्दा राजनीतिक दलहरु एक अर्कालाई खुइलाउन मात्र बढी केन्द्रीत भएका देख्न सकिन्छन् । गठबन्धनका दलहरुले एमाले अध्यक्ष ओली र उनी नेतृत्वको गठबन्धनको चर्को बिरोध गरिरहँदा ओली भने गठबन्धन र विशेष गरि प्रचण्ड तथा माधव नेपालविरुद्ध विष वमन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

  • सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

  • बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ८ गते मंगलबार

    २०८२ पुस ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution