Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तेक्वान्दो: पहिलो दिन २४ खेलाडी छनोट

३२७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (३ साल अघि)
तेक्वान्दो: पहिलो दिन २४ खेलाडी छनोट

काठमाडौं, २४ वैशाख
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताअन्तर्गत पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका छन् । विभिन्न ६ तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने २४ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगिताको महिला ५३ केजीमुनि एपीएफकी अस्मिता खड्का पहिलो, लुम्बिनी प्रदेशकी निलिमा मल्ल दोश्रो तथा एपीएफकी गीता विष्ट र नेपाल प्रहरीकी आयशा लामा तेश्रो भए ।

६७ केजीमुनि नेपाल आर्मीकी रेष्मा थापा पहिलो, एपीएफकी संगिता बस्याल दोश्रो तथा बाग्मती प्रदेशकी शारुन गुरुङ र प्रहरीकी इन्दिरा बसनेत तेश्रो बने । ४९ केजीमुनि आर्मीकी युनिशा राई पहिलो, बाग्मतीकी सदीक्षा कार्की दोश्रो तथा बाग्मतीकी रोशनी श्रेष्ठ र प्रहरीकी अन्जली तामाङले तेश्रो स्थान हात पारे ।

५७ केजीमुनि आर्मीकी सन्ध्याकुमारी सिंह प्रथम, प्रहरीकी सुष्मा श्रेष्ठ द्वितीय तथा प्रहरीकी सुस्मिता मोक्तान र बाग्मतीकी सामना खड्गीले तेश्रो स्थान हासिल गरे ।

पुरुष ५८ केजीमुनि सुदूरपश्चिम प्रदेशका सुमित विष्ट पहिलो, प्रहरीका सुवासचन्द्र बोहरा दोश्रो तथा आर्मीका राहुल कुमाल र विशाल राई तेश्रो भए । ८० केजीमुनि आर्मीका सागर गुभाजु पहिलो, आर्मीका सुवास केसी दोश्रो तथा आर्मीका किरण आले र प्रहरीका कवि अधिकारी तेश्रो भए।

छनोटको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अवलोकन गरेका थिए । प्रतियोगितामा एकल पुम्सेसहित ११ स्पर्धा समावेश छन् । बाँकी ५ स्पर्धा छनोट प्रतियोगिताको अन्तिम दिन शनिबार हुने छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

  • स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

  • तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

  • नेप्से परिसूचक १२ अङ्कले घट्यो

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

    डिभिजन बन कार्यालय धादिङको सूचना

    डिभिजन बन कार्यालय धादिङको सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution