Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हाम्रो आफ्नो शक्ति नभएपछि धेरै ठाउँ ताकेका छैनौं : चित्रबहादुर केसी

प्रत्यूष ४७४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (३ साल अघि)
हाम्रो आफ्नो शक्ति नभएपछि धेरै ठाउँ ताकेका छैनौं : चित्रबहादुर केसी

काठमाडौं, २३ वैशाख । 

राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । काठमाडाैंमाा शुक्रबार आयाेजित पाँच दलीय गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले सबैतिरबाट जनमोर्चामाथि आक्रमण भइरहेको बताए ।

आजभन्दा चार वर्षअघि वाम गठबन्धनमा समावेश भएको स्मरण गराउँदै उनले त्यो गठबन्धन टिक्न नसकेको बताए । ‘त्यो बेला हाम्रो समर्थन खेर गयो । झण्डै दुई तिहाई बहुमत पाएर नेकपा एमाले र माओवादी मिलेर सरकार चलाए । तर, पछि त बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई त संसद नै देख्नै नहुने समस्या भयो,’ केसीले भने ।

ओलीले संसद् विघटन गर्ने बेला नै जनमोर्चाले प्रतिगमनका विरुद्ध रहेको बताएको उनले स्मरण गराए । ‘त्यो बेला नै हामीले विज्ञप्ति जारी गरेर प्रतिगमन गठबन्धनका विरुद्धमा छौं भनेर विज्ञप्ति नै जारी गरेको थियौं,’ केसीले भने, ‘जबसम्म वामपन्थी र प्रजातान्तिक शक्तिहरू एक भएनन्, प्रतिगमन बलियो बनिरह्यो ।’

अध्यक्ष केसीले अहिले प्रतिगठनकारीहरूले पाँच दलीय गठबन्धन अपवित्र भन्दै गाली गर्दै हिँडेको बताए । विगतमा गठबन्धन नगरेको भए प्रतिगमनले घुँडा नटेक्ने भन्दै उनले अहिलेको पाँच दलीय गठबन्धनभित्र समस्या रहेको बताए ।

‘पाँच दलभित्र प्रशस्तै विरोध छ । एक पार्टीभित्र त विरोध छ भने गठबन्धनमा हुनु स्वाभाविक हो,’ केसीले भने ।

गठबन्धनभित्रका अन्य दलले एमसीसी पास गराएपछि जनमोर्चा बाहिरिएको बताए । ‘एमसीसी पास गराउँदा हामीले गठबन्धनसँगको सहकार्य तोड्यौं । पछि चुनावको बेला फेरि एकजुट भयौं,’ केसीले भने ।

आफ्नो शक्तिअनुसार नै जनमोर्चाले स्थानीय तह निर्वाचनमा उम्मेदवार उठाएको बताए । ‘हामीले धेरै ठाउँ ताकेका छैनौं । धेरै ठाउँमा उम्मेदवार उठाउन हाम्रो शक्ति पनि त हुनुपर्‍यो । के कुरा ढाट्नु सत्य कुरा यही हो । हामीले सक्ने ठाउँमा उम्मेदवार उठाएका छौं, नसक्ने ठाउँमा अरुलाई सहयोग गर्छौं,’ केसीले भने ।

गठबन्धनभित्रका दलहरूले इमान्दारिताका साथ आफ्ना उम्मेदवारलाई जिताउनतिर लाग्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

  • भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution