
बेइजिङ, २२ वैशाख
चीनमा मानिसहरु कोरोना भाइरसभन्दा पनि लकडाउनबाट धेरै डराउँछन् । सांघाई र अन्य ठाउँहरूबाट सार्वजनिक भएका भिडियोहरूले समेत यसको पुष्टि गर्छन् । ट्विटरमा सार्वजनिक भएको एउटा भिडियोमा एक जना महिलालाई लडाएर एक पुरुषले जबरजस्ती कोभिड परीक्षण गरेका देखिन्छन् ।
भिडियोमा महिला परीक्षण केन्द्रको भुइँमा सुतिरहेकी देखिन्छिन् भने उनको माथि एक पुरुष छन् । उनी चिच्याइरहेकी छिन् र जबरजस्ती परीक्षणको प्रतिरोध गर्न कोसिस गर्दैछिन् । तर, ती पुरुषले उनको हातलाई आफ्नो घुँडामुनि तानेर बलपूर्वक समाउछन् ।
त्यसपछि उसले जबरजस्ती महिलाको मुख खोल्छन् र सुट लगाएका एक स्वास्थ्यकर्मीले उनको स्वाब नमूना लिन्छन् । भिडियोलाई लिएर इन्टरनेटमा चर्को विरोध भएको छ । एक प्रयोगकर्ताले ट्वीट गरेका छन्, ‘यो सबै दुःखद छ । बिल्कुल असहनीय छ ।’
अन्य प्रयोगकर्ताहरूले पनि यस्ता थप भिडियोहरू पोस्ट गरेका छन् । एउटा भिडियोमा चिनियाँ स्वास्थ्यकर्मीहरू अनिवार्य कोभिड परीक्षणको लागि गत महिना जबरजस्ती एक वृद्धको घरमा प्रवेश गरेका थिए ।-एजेन्सी


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |