Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चितवनका बागी फकाउँदै प्रचण्डदेखि रामचन्द्रसम्म, जगन्नाथकाे जवाफ- कुनै हालतमा पनि पछि हट्दिनँ

४२७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २२, बिहिबार (३ साल अघि)
चितवनका बागी फकाउँदै प्रचण्डदेखि रामचन्द्रसम्म, जगन्नाथकाे जवाफ- कुनै हालतमा पनि पछि हट्दिनँ

काठमाडौं, २२ वैशाख

सत्ता गठबन्धनलाई चितवन भरतपुर महानगरकाका बागी उम्मेद्वार जगन्नाथ पौडेल टाउको दुखाइको विषय बनेकाे छ । कांग्रेस नेता समेत रहेका पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि यतिबेला उनलाई फकाउन सत्ता गठबन्धन पुरै हात धोएरै लागेकाे छ ।

सत्ता साझेदार मध्येका प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल पनि भरतपुरमा मेयरकी उम्मेदवार हुन्। उनको उम्मेदवारीप्रति असन्तुष्ट बनेको नेपाली कांग्रेस चितवनको तर्फबाट पौडेललले बागी उम्मेदवारी दिएका थिए ।

बागी उम्मेदवारी फिर्ता लिएर रेणुलाई सहयोग गर्न उनलाई फकाउन पुरै सत्ता लागि परेको छ । तर, उनी भने आफ्नो उम्मेदवारीबाट एक इन्च पनि पछि नहट्ने अडानमा छन् ।

नेपाली कांग्रेसले उनलाई पार्टीबाट निस्कासन गरिसकेको छ । तर, पनि नेताहरू उनलाई उम्मेदवारी फिर्ता गराउन लागि परेका छन् । उम्मेदवारी फिर्ता लिएर रेणुलाई सहयोग गर्ने विषयमा कुरा गर्न खोज्दा उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न अस्वीकार गरेका छन् ।

यही क्रममा उनलाई आज विहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गरेका थिए । करिब १० मिनेट भएको भेटमा रामचन्द्रले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । यति मात्र नभएर सभापति देउवासँग भेट गर्न समेत अनुरोध गरेका थिए । तर, उनले उम्मेदवारी फिर्ता लिन र देउवासँग भेट्न अस्वीकार गरे ।

भरतपुरस्थित होटल सिरागचुलीमा रामचन्द्र र जगन्नाथसहित उनी पक्षधर नेताबीच छोटो कुराकानी भएको हो । जगन्नाथसँगै उनको प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक रहेकी मीना खरेल र पूर्व सांसद् भीमबहादुर श्रेष्ठ लगायतका नेतासँग राचमन्द्रले भेट गरेका थिए ।

भेटको क्रममा आफूहरूले पुरानै अडान राखेको जगन्नाथले बताए । ‘हामीले पुरानै अडान राख्यौं । यदि मैले पछि हट्नुपर्छ भने रेणु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ,’ रामचन्द्रसँगको भेटबारे जगन्नाथले भने, ‘त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नुपर्छ । यदि त्यसो हुन्छ भने मात्र म पछि हट्छु नत्र हट्दिन ।’

रामचन्द्रले देशभर गठबन्धन बनेकाले यहाँबाट उम्मेदवारी फिर्ता लिएर सहयोग गरिदिनुपर्‍यो भनेका थिए । तर, आफू निकै अघि बढिसकेको भन्दै कुनै पनि हालतमा पछि हट्न नसक्ने जानकारी गराएर आफू चुनावी अभियानका लागि निस्किएको उनको भनाइ छ ।

भेट अघि रामचन्द्रले पटक पटक फोन गरेर भेट्न आग्रह गरेका थिए । आफूहरू घरदैलो अभियानमा व्यस्त रहेको भन्दै उनीहरूले भेट गर्न अस्वीकार गरेका थिए । तर, पटक पटक फाेन गरेपछि उनी छोटो समयका लागि भेट गर्न तयार भएका हुन् । भरतपुर महानगरमा सत्ता गठबन्धनबाट रेणु दाहाल मेयर र कांग्रेसको तर्फबाट चित्रसेन अधिकारी उप-मेयरका उम्मेदवार बनेका छन् ।

चुनावी तालमेलको विपक्षमा रहेको कांग्रेसको असन्तुष्ट पक्षले जगन्नाथलाई मेयरको उम्मेदवार बनाएको थियो । उनलाई फकाउने रामचन्द्र पहिलो नेता भने होइनन् । यसअघि गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले जगन्नाथलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको विशेष दूत बनेर काठमाडौंबाट चितवन पुगेका गृहमन्त्री खाणले जगन्नाथलाई घरमै पुगेर फकाए । बागी फकाउन उनी १४ वैशाखमा चितवनस्थित उनकै घरमा पुगेका थिए । बागी फकाउन चितवन पुगेका गृहमन्त्री खाँण रित्तो हात काठमाडौं फर्किए ।

उनीसँगको भेटमा जगन्नाथले आफू निकै अघि बढिसकेको र पछि फर्किने अवस्था नरहेको प्रष्ट पारेका थिए । बागी उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि खाण १६ वैशाखमा काठमाडौं फर्किएका थिए । यसै बीचमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री श्रेष्ठले पनि उनलाई फकाउने प्रयास गरेका थिए । तर, उनीसँग पनि जगन्नाथले पुरानै जवाफ दिएका थिए ।

उम्मेदवारी दिनुअघि नै कांग्रेसले बागी उठाने संकेत पाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि त्यसबारे कांग्रेसको ध्यानाकर्षण गराएका थिए । कांग्रेस नेताहरूसँगको भेटमा प्रचण्डले बागी उम्मेदवारीबारे नसोच्न आग्रह गरेका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रेणुलाई सहयोग गरेको भन्दै यसपटकको निर्वाचनमा कांग्रेसलाई माओवादीले सघाउनु पर्ने कांग्रेस चितवनका नेता कार्यकर्ताको माग थियो । तर, प्रचण्डले सत्ता गठबन्धन बैठकमा चितवन आफूले जित्न सजिलो हुने बताउँदै मेयरमा आफ्नो भागमा लिएर रेणुलाई मेयरमा उठाएका थिए । तर, कांग्रेसको तर्फबाट जगन्नाथ बागी उठेका हुन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution