Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २१, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मतदातालाई बाँड्न लागिएको आशंकामा प्लाष्टिक टनेल लागायतका सामान नियन्त्रणमा

१०९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २२, बिहिबार (१ साल अघि)
मतदातालाई बाँड्न लागिएको आशंकामा प्लाष्टिक टनेल लागायतका सामान नियन्त्रणमा

खोटाङ, २२ बैसाख

मतदाता प्रभावित पार्नका लागि बाँड्न लागिएको आशंकामा खोटाङ प्रहरीले प्लाष्टिक टनेल, चामल, जस्तापाता, चाउचाउ, सिलिण्डर लगायतका सामान नियन्त्रणमा लिएको छ । दिक्तेलबजारबाट को २ त ९३५४ नम्बरको ट्याक्टरमा राखेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडातर्फ ट्याक्टरमा लैजाँदै गरेको ४० थान प्लाष्टिक टनेल, चाउचाउ, चामल, जस्तापाता, ग्याँसको सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ ।

एमालेले मतदातालाई बाँड्नका लागि ढुवानी गरिरहेको दाबी गर्दै कांग्रेस र माओवादी केन्द्रनिकट युवाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको बानाचुङमा ट्याक्टर रोकेर प्रहरीलाई जानकारी गराएको थियो । ट्याक्टरमा पाल ओछ्याएर त्यसमाथि राखिएका सामान जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको डिएसपी उमेश लम्सालले बताए ।

प्रहरीका अनुसार ट्याक्टरमा भएका कतिपय सामान बिलसहितका र कतिपय बिलविनाका छन् । ट्याक्टरमा ढुवानी भइरहेको सामान व्यक्तिगत, संस्थागत वा अन्य प्रयोजनका लागि लागि ढुवानी गरिएको’ भन्ने खुल्न बाँकी छ । बरामद भएको सामान सरकारी वा व्यक्तिको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी फनिन्द्र दाहालले बताए ।

रातका समयमा बरामद भएको सामानको बारेमा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित सर्वदलीय बैठकमा गठबन्धन र एमालेका उम्मेद्वारबीचमा वादप्रतिवाद भएको जनाइएको छ । गठबन्धनका नेताले बुधबार बिहान दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पनि माओवादी केन्द्रका केन्द्रीय सदस्य समिता कार्कीले एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको दाबी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • महासचिव घनश्याम भुसाललाई पितृशोक

    महासचिव घनश्याम भुसाललाई पितृशोक

  • १७०० रुपैयाँले घट्याे सुनको मूल्य

    १७०० रुपैयाँले घट्याे सुनको मूल्य

  • हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

    हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

  • व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८० जेष्ठ १२ गते शुक्रबार

    २०८० जेष्ठ १२ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    महासचिव घनश्याम भुसाललाई पितृशोक

    महासचिव घनश्याम भुसाललाई पितृशोक

    १७०० रुपैयाँले घट्याे सुनको मूल्य

    १७०० रुपैयाँले घट्याे सुनको मूल्य

    हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

    हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0