Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण ३, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाल र जिम्बाब्बेबीचको टी-२० शृंखला बराबर

प्रत्यूष ३४८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २१, बुधबार (३ साल अघि)
नेपाल र जिम्बाब्बेबीचको टी-२० शृंखला बराबर

काठमाडौं, २१ वैशाख। 

ब्याटर आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा जिम्बाब्बे ए लाई ८ विकेटले पराजित गर्दै नेपालले टी–२० शृंखला बराबरी गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बेले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍याे ।

नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । उनले ५४ बलमा १३ चौका र एक छक्कासहित सर्वाधिक ८७ रनको अविजित इनिङ खेले।

आसिफले अर्का ओपनर आसिफ शेखसँग ८८ रनको साझेदारी गरेका थिए । कुशल ३४ रनमा आउट भए । उनले २६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । बासिर अहमद १० रनमा पभेलियन फर्किए ।

जिम्बाब्बे ए को वलिङमा ल्युक जोङवे र ब्रान्डन माभुता ले समान एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ थालेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनको योगफल तयार पार्यो ।

जिम्बावे ए का लागि चौथो नम्बरमा क्रिजमा आएका रोय कियाले सर्वाधिक ४९ रनको योगदान गरे । उनले ४१ बल खेल्दै ७ चौका प्रहार गरे । ओपनर टाडीवान्से मारुमानी २७ तथा अर्का ओपनर इनोसेन्ट किया १४ रन बनाएर पभेलियन फर्किएका थिए ।

कुडाजाई माउन्जे ६ रनमा आउट भए । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान टोनी मुयोङगा २ रनमा क्याच आउट भए । ल्युक जोङ्वे २३ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालको वलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । उनले ४  ओभरमा २५ रन खर्चिए । सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए ।

आइतबारदेखि सुरु भएका टी-२० सिरिजमा नेपालले पहिलो खेल जिम्बाब्बे ए सँग ६ विकेटले हारेको थियो । दोस्रोे खेल वर्षाका कारण रद्द भएपछि नेपालले जिम्बाब्बे ए सँग अंक बाँडेको थियो ।

तीन खेलको शृंखलामा बुधबारको खेल नेपालले जितेपछि दुवै टोलीको तीन तीन अंक भएसँगै शृंखला  बराबरी भएको हो ।

जिम्बाब्बे ए सँगको एकदिवसिय शृंखला शुक्रबारदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

  • ऊर्जा दक्षता उपाय अपनाउने उद्योगलाई अनुदान वितरण सुरु

    ऊर्जा दक्षता उपाय अपनाउने उद्योगलाई अनुदान वितरण सुरु

  • नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार

    नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार

  • काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

    काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

    ऊर्जा दक्षता उपाय अपनाउने उद्योगलाई अनुदान वितरण सुरु

    ऊर्जा दक्षता उपाय अपनाउने उद्योगलाई अनुदान वितरण सुरु

    नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार

    नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

    काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution