Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २६, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

खरबुजाकाे भाउ घट्यो, मारमा किसान

७४३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २१, बुधबार (३ साल अघि)
खरबुजाकाे भाउ घट्यो, मारमा किसान

झापा, २१ वैशाख

शिवसताक्षी- ५ का धनकुमार ताजपुरियाले माई नदी बगरको चार विघामा खरबुजा खेती गरेका छन् । उनले वैशाख पहिलो साताबाट खरबुजा बिक्री सुरु गरे । हिउँदभर दुःख गरेर लगाएको खरबुजा राम्रो फलेपछि खुसी थिए, उनी ।

तर, चैत अन्तिम साता आएको असिनाले उनको खरबुजामा क्षति पुर्‍यायो । ‘असिनाले त बर्बाद नै गर्‍यो नि ! निकाल्ने बेला भएको सबै खरबुजा फुटायो । पहिलो लटको त काम नै लागेन,’ उनले भने ।

उनले खेतीका लागि बगरमा मलजल गरे । बगरमा ‘पैसा’ फलाउन सकिन्छ कि भन्‍ने आसले दुःख गरे । यहाँ आफ्नो पसिना मात्र खर्च गरेका छैनन् । ताजुरियाले सात लाख रुपैयाँ लागत पनि लगाएका छन् । अहिले बजारमा खरबुजाकाे भाउ एक्कासी घट्दा चिन्तामा छन्, उनी । ‘गत वर्ष यो बेलामा ४०-५० रुपैयाँ केजीमा खरबुजा बिक्री हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त १० रुपैयाँ केजीले बेच्नुपरेको छ ! यसपटक त नाफा त परको कुरा लगानी पनि नउठ्ने खतरा छ !’

शिवसताक्षी-४ का सन्तोषकुमार ताजपुरियाले पनि माई खोलाको बगरमा खरबुजा लगाएका छन् । स्वदेशमै केही गर्ने उद्देश्यले उनले माई खोलाको बगरमा खरबुजा खेती लगाएका हुन् । ‘स्वदेशमै केही गर्नुपर्छ । विदेश जान हुँदैन भन्‍ने लागेर खरबुजा खेतीमा लागेको हुँ,’ उनी भन्छन्, ‘कहिले लकडाउनले समस्या पार्छ । कहिले असिनाले समस्या पर्छ ।’

उनी आफैँ स्थानीय बजारमा खरबुजा बिक्री गर्न लैजान्छन् । गौरादह, गौरीगञ्ज, शिवगञ्जलगायतका बजारसम्म बेच्न लैजान्छन् । आफैँ बेच्न लजाँदा पनि प्रति केजी १० रुपैयाँ मात्र आउने गरेको उनी बताउँछन् । ‘आफैँ बेच्न ल्याउँदा पनि १० रुपैयाँ केजी बेच्नुपरेको छ । एकदम समस्या भएको छ । लगानी पनि नउठ्ने हो कि भन्ने चिन्ता छ,’ उनी भन्छन्, ‘ऋण गरेर ल्याएको पैसा डुब्यो भने त समस्या हुन्छ ।’ सिजनको सुरुवातमा ३० रुपैयाँ केजीसम्म खरबुजा बिक्री भएको उनी बताउँछन् ।

तर, सुरुमा असिनाका कारण खरबुजा फुटेर बिक्री गर्नै नपाएको उनको भनाइ छ । ‘सूरुमा ३०-३५ रुपैयाँ केजी थियो । अहिले १० रुपैयाँ छ । तर, मूल्य धेरै भएको बेलामा खरबुजा निकाल्नै पाइएन सबै खरबुजा असिनाले फुटायो,’ उनी भन्छन्, ‘यो दोस्रो लटले कतै लगानी त उठाउला कि भनेको भाउ छैन । बजारमा एकैपटक खरबुजा निस्किए । त्यसकारण पनि मूल्य एकैपटक घट्यो । ६ लाख भन्दा धेरै लगानी छ । साथीहरू मिलेर खेती गरेका हौँ । यसपटक लगानी उठ्नै गाह्रो हुने भयो । यसपटक हाम्रो मात्र हैन धेरैको क्षति भयो । हाम्रो त रुवाबासी नै भएको छ ।’

बर्सेनि कुनै न कुनै रूपमा किसानले समस्या भोगेकै छैन । कहिले बाढीपहिरो त कहिले कोरोना महामारी । तर, स्थानीय सरकारले किसानलाई केही सहयोग नगरेको ताजपुरिया बताउँछन् । ‘यस्तो गाह्रो पर्दा पनि स्थानीय सरकारले कहिल्यै सहयोग गरेन ।नगरपालिकामा बझ्दा केही सहयोग छैन भने । स्वदेशमै केही गर्छु भनेर लाग्नु त धेरै गाह्रो पो रहेछ,’ उनले भने । झापाको माई, बिरिङ र मेची नदीको बगरमा स्थानीयले खरबुजा खेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • बाँकेमा चिसोले मर्न थाले मौरी

    बाँकेमा चिसोले मर्न थाले मौरी

  • दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

    दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

  • आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

  • स्थानीय तहबाटै प्यान कार्ड जारी

    स्थानीय तहबाटै प्यान कार्ड जारी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २३ गते बुधबार

    २०८२ पुस २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाँकेमा चिसोले मर्न थाले मौरी

    बाँकेमा चिसोले मर्न थाले मौरी

    दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

    दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

    आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    स्थानीय तहबाटै प्यान कार्ड जारी

    स्थानीय तहबाटै प्यान कार्ड जारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution