Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, सुनिता भन्छिन्- राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो

प्रत्यूष ६११ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २०, मंगलबार (३ साल अघि)
सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, सुनिता भन्छिन्- राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो

काठमाडौं, २० वैशाख। 

काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेद्‌वार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेद्‌वारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो ।

काठमाडौं महानगर पालिकामा विज्ञको रूपमा काम गर्दा शैक्षिक योग्यता ढाँटेर चार वर्ष काम गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । शैक्षिक प्रमाणपत्र ढाटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई पाँच वर्ष जागिर खाएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

१६ वैशाखमा परेको उजुरीमा सुनितामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसुरमा सजाय गराई उनले प्राप्त गरेको रकम तथा जरिवानासमेत असुल उपर गराउन माग गरिएको छ ।

काठमाडौं महानगरपालिका जस्तो सार्वजनिक निकायमा कुनै पनि सल्लाहकार नियुक्ति हुन सम्बन्धित विषयमा न्यूनतम स्नातकोत्तर तह उत्तिर्ण गरी विशेष अनुभव भएको व्यक्ति हुनुपर्ने उजुरी कर्ताको दाबी छ । तर, समाजशास्त्र विषयमा स्नातक तह उत्तिर्ण गरेकी सुनिताले विज्ञको रूपमा नियुक्ति पाएको आरोप उजुरीकर्ताको छ ।

काठमाडौं महानगर पालिकामा रहेको सहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेकी सुनिताले आफूले प्राप्त नगरेको स्नातकोत्तर योग्यता प्राप्त गरेको छु भनि आफ्नो शैक्षिक योग्यता ढाँटी विगत पाँच वर्षदेखि सहरी विकास परियोजाको सल्लाहकारमा नियुक्ति लिएको उजुरीकर्ताले आफ्नो उजुरीमा उल्लेख गरेका छन् ।

त्यसबापत उनले मासिक ८० हजार तलबभत्ता प्राप्त गर्ने गरेको समेत आरोप लगाइएको छ । त्यसरी शैक्षिक योग्यता ढाँटेर कानुनले तोकेभन्दा बढी तलब भत्ता लिइए भ्रष्टाचार गरेको भन्दै उनीमाथि कारबाही गर्न माग गरिएको हो । उजुरी परेको विषयमा सुनिताले भने राजनीतिक प्रतिशोध साँध्न यस्तो आरोप लगाइएको बताएकी छिन् ।

आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै छैटाैँ तहको कर्मचारी भएर सेवासुविधा लिएको सुनिताको भनाइ छ । ‘राजनीतिक करिअर अगाडि बढाइराख्दा थुप्रै खालका आक्षेपहरू लाग्ने गरेको छ । यो चुनावको बेला गरिने प्रोपोगाण्डा मात्र हो,’ सुनिताले भनिन् ।

आफूले लगभग चार वर्ष सहायक विज्ञको रूपमा काम गरेको उनको भनाइ छ । तलब भत्ता ८० हजार नभई लगभग ४५ हजारको हाराहारी लिएको बताइन् । ‘तलब मासिक ८० हजार लिएको थियो भनिएको छ । छैटाैँ तहको कर्मचारीले लिने सेवासुविधा मैले लिएकी थिएँ । मेरो त्यही ४० देखि ४५ हजारसम्म थियो,’ सुनिताले भनिन् ।

नगरसभाबाट भएको निर्णयअनुसार नै आफू सहायक विज्ञको रूपमा काम गरेको भन्दै उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले तपाईं विज्ञता हामीलाई चाहियो भनेपछि मैले काम गरेकी हुँ ।’

उजुरी परेको सम्बन्धनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आफ्नो जानकारीमा नआएको बताए । ‘उजुरी परेकोबारे धेरै पत्रकार साथीहरूले फोन गर्नुभएको छ । तर, मेरो जानकारीमा छैन्,’ भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution