Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

खेलाडी संघ भन्छ- झुटो आरोप लगाउने फुटबल विकासका बाधक हुन्

प्रत्यूष ७८० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १९, सोमबार (३ साल अघि)
खेलाडी संघ भन्छ- झुटो आरोप लगाउने फुटबल विकासका बाधक हुन्

काठमाडौं, १९ वैशाख ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको खेलाडी संघले व्यवस्थापनको लापरबाही र खेलाडीको विषयमा झुटो आरोप लगाएको विषयमा एन्फालाई ध्यानाकर्षण गराएको छ ।

सोमबार खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र काट्दै खेलाडीको विषयमा टोलीका व्यवस्थापक (मधुसूदन उपाध्याय)ले गलत टिप्पणी दिएको र त्यसले खेलाडीमा परेको असरले दुखित भएको बताएका छन् ।

‘सार्वजनिक संचारमाध्ममा राष्ट्रिय टोलीका व्यवस्थापनले खेलाडीको विषयमा गलत टिप्पणी दिएको र त्यसले खेलाडीमा परेको असरले हामी एकदम दुखित छौं,’ नवनिर्वाचित अध्यक्ष लामाले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

गत १४ वैशाखमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको व्यवहारका कारण भन्दै ९ खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । त्यसको दुई दिनपछि १६ गते १० खेलाडीले बन्द प्रशिक्षण छाड्नुको कारणमा स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए ।

खेलाडी संघले बुझाएको पत्रमा समेत घटनाक्रम समावेश गरिएको छ । भनिएको छ, ‘प्रशिक्षणका दौरान टोलीको नेतृत्व गरिरहेका रोहित चन्दले प्रशिक्षक (अब्दुल्लाह)को प्रश्न पश्चात् जायज माग राख्दा उनीसँग (खेलाडी) प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गरेको व्यवहारप्रति खेलाडीले असन्तुष्टि जनाएका थिए ।

एक खेलाडी मात्र नभएर सामान्य व्यक्तिले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत आवश्यकता माग गर्दा क्याम्प छोड्न भनेपछि खेलाडीले क्याम्प छोडेको हामीले बुझेका छौं । खेलाडीले क्याम्प छोड्नुअघि स्वयं प्रशिक्षक अलमुताइरी, सहायक प्रशिक्षक किरण श्रेष्ठ, गोलरक्षक प्रशिक्षक विकास मल्ल र सहायक व्यवस्थापक कृष्णभक्त मानन्धरलाई जानकारी गराएको पनि अवगत गराएका छन् ।’

यस्तै खेलाडी संघले टोली व्यवस्थापनसँग पटक पटक कुरा राख्दा समेत नेतृत्वबाट उचित सम्बोधन नभएको  बताएको छ ।

‘खेलाडीले सधैँ राष्ट्रिय टोलीलाई प्रमुख प्राथमिकतामा राख्दै आएका छन् । राष्ट्रिय टोलीको अवस्थाबारे खेलाडीहरूले व्यवस्थापनसँग पटक पटक कुरा राख्दा समेत नेतृत्वबाट उचित सम्बोधन नभएको हामीले जानकारी पाएका छौं ।’

‘यसरी खेलाडीहरूमाथि सार्वजनिक रूपमा झुटो आरोप लगाएर खेलाडीको मान मर्यादामा आँच पुग्ने अभिव्यक्ति दिने र कदम चाल्ने व्यक्तिहरू खेलाडी मात्र नभएर समग्र फुटबल विकासमा बाधक हुन् । एन्फाले यस विषयमा उचित छानबिन गरेर दोषीलाई कारबाही गरोस् भन्ने हामीले माग राखेका छौं,’ खेलाडी संघले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

  • संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

  • गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

  • नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

    नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    Post Thumbnail

    सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution