
ललितपुर, १८ वैशाख
ललितपुरको सुनाकोठी, ठेचो र चापागाउँ सडक किनारमा झण्डालगायतका प्रचार सामाग्री राखेर उम्मेदवारहरूले निर्वाचन आचार संहिता उल्लंघन गरेकाे आराेप छ । यी सडकमा नेकपा माओवादी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीले झण्डा राखेका हुन् ।
८ चैत ०७८ मा जारी राजपत्रको सूचनामा प्रकाशित आचार संहितामा ‘कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकको स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै पनि किसिमको डिजिटल बोर्ड, फलेक्स वा साइन बोर्ड राख्न वा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रर्दशन गर्न नहुने’ उल्येख छ ।
ठेचोका रविन महर्जनले रातको समयमा पार्टीका कार्यकर्ताहरू आएर झण्डा राखेको बताए । उनले भने, ‘यी सामग्री रातको समयमा राखिएका हुन् । पहिले नेपाली कांग्रेसले राखेको थियो । पछि एमालेको पनि थपे ।’
ललितपुरकी जिल्ला निर्वाचन प्रमुख गोमा धमलाले आचारसंहिता विपरित यसरी प्रचार सामाग्री राख्न नहुने बताइन्,’ भनिन्, ‘आचारसंहिता विपरितका यस्ता प्रचारसामग्री तुरुन्त हटाउन निर्देशन दिन्छु ।’

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |