Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गठबन्धन दलबीच तालमेलबारे चुलियो असन्तुष्टि

प्रत्यूष २०८७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (४ साल अघि)
गठबन्धन दलबीच तालमेलबारे चुलियो असन्तुष्टि

काठमाडौं, १८ वैशाख।

कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर उम्मेदवारी टुंगो लागेपछि भने असन्तुष्टि चुलिएको छ ।

असन्तुष्टि जनाउनेमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

तीनै दलले तालमेलमा न्यूनीकरण गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बढी स्थानीय लिएको तीन दलका नेताहरूको आरोप छ ।

जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपालाई तालमेलमा पूरै न्यूनीकरण गरेको भन्दै त्यस्तो प्रवृत्ति आपत्तिजनक भएको बताएका छन् ।

उनले यसबारे बेलैमा ध्यान पुर्‍याउन गठबन्धनका अन्य नेताहरूलाई सचेत पनि गरे ।

सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले शनिबार राति लेखेका छन्, ‘प्रतिगमनविरोधी आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको, पाँच दलीय गठबन्धन र संयुक्त सरकार निर्माण निम्ति पार्टीको फुटको समेत जोखिम उठाएको, एमसीसी लगायतका राष्ट्रिय मुद्दाहरूमा निरन्तर स्पष्ट अडान राख्ने जसपालाई चुनावी तालमेलमा पूरै न्यूनीकरण गर्ने प्रवृत्ति आपत्तिजनक छ । बेलैमा ध्यान पुगोस् ।’

मधेस प्रदेश, लुम्बिनी प्रदेशसहित बाग्मती प्रदेश र प्रदेश १ लगायत केही प्रदेशको तराई क्षेत्रमा मात्र जसपाले निर्वाचनमा तालमेल गर्दा बढी स्थानीय तह पाएका छन् ।
पहाडी र हिमाली जिल्लामा शून्य जस्तै छ ।

एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपालले नै तालमेलबारे घरिघरी असन्तुष्टि जनाउँदै आएका छन् ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त बिहीबार नै विज्ञप्ति जारी गरेर एउटा पनि महत्वपूर्ण नगरपालिका नपाएको भन्दै असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

    म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

  • तटबन्धले जोगायो गैँडाकोटको बस्ती

    तटबन्धले जोगायो गैँडाकोटको बस्ती

  • यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

    यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

  • नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

    म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

    तटबन्धले जोगायो गैँडाकोटको बस्ती

    तटबन्धले जोगायो गैँडाकोटको बस्ती

    यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

    यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

    नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution