Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आचारसंहिता उल्लघंन गर्दै धादिङका उम्मेदवार, चुनावी प्रचारका लागि भारतिय गाडी प्रयोग

४५६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (३ साल अघि)
आचारसंहिता उल्लघंन गर्दै धादिङका उम्मेदवार, चुनावी प्रचारका लागि भारतिय गाडी प्रयोग

धादिङ,१८ बैशाख ।
निर्वाचन आचारसंहिता बिपरित धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार सीता गुरुङले भारतिय गाडी प्रयोग गर्नुभएको छ ।

नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिनुभएकी गुरुङले यु.पी. ५६ भी ६७८६ नम्बरको भारतिय गाडी प्रयोग गरेको भेटिएको हो । उम्मेदवार गुरुङले निर्वाचन आचारसंहिता विपरित उत्तः गाडी प्रयोग गरेर धादिङवेशीं हुँदै पालिकाको चुनावी प्रचारमा जानुभएको हो ।

निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरु निर्वाचन प्रयोजनको लागि एक प्रत्यक्ष उम्मेदवारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत लिई सञ्चालन गर्न पाउने प्रावधान छ ।

निर्वाचन अधिकृतको अनुमति लिएर सवारी साधन नचल्ने स्थानमा बढिमा ४ ओटा घोडा प्रयोग गर्न पाइन्छ । निर्वाचन आचारसंहिता २०७८ अनुसार चुनावी प्रचार प्रसारका लागि उम्मेद्वारले बढिमा २ वटा मोटरसाइकल वा २ वटा गाडी मात्रै प्रयोग गर्न पाइन्छ ।

निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचार संहितामै उल्लेख गरेको भएपनि कांग्रेसका उम्मेदवार गुरुङले भारतीय नम्बर प्लेटको गाडीमा कांग्रेसको चुनाव चिन्ह, झण्डा र आफ्नो फोटो सहितको प्रचार व्यानर प्रयोग गरेर हिड्नुभएको हो । कुनैपनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा प्रष्ट उल्लेख भएको धादिङका प्रमुख निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले बताउनुभयो ।

स्थानिय तहको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । दलहरुले चुनावी प्रचार प्रसार अन्तरगत घर दैलो अभियानमा लाई तिव्रता दिएको छ । चुनाव प्रचार प्रसारको क्रममा राजनितिक दलहरुले आचारसंहिता विपरित मोटरसाइकल र गाडी सहित पार्टीका झण्डा हल्लाउँदै पालैपालो बजार घुम्ने प्रवृत्ति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution