Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्थानीय निर्वाचनः सबैभन्दा बढी महिला उम्मेदवार उठाउनेमा एमाले पहिलो, कांग्रेस पाँचौं

प्रत्यूष १०४२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १७, शनिबार (४ साल अघि)
स्थानीय निर्वाचनः सबैभन्दा बढी महिला उम्मेदवार उठाउनेमा एमाले पहिलो, कांग्रेस पाँचौं

काठमाडौं, १७ वैशाख ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा बढी  उम्मेदवारी दर्ता गराएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ ।

देशका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको एमालेले नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ जना महिलालाई उम्मेदवार बनाएर पहिलो राजनीतिक दल भएको हो ।

निर्वाचनका लागि एमालेले २ सय ६० जनालाई नगरपालिका उपप्रमुख तथा ४ सय १० जनालाई उपाध्यक्षको रुपमा मैदानमा उतारेको निर्वाचन आयोगले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

आयोगका अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रले १८ जना महिलालाई नगर प्रमुख र २९ जनालाई गाउँपालिका अध्यक्षसहित ४७ जनालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्र्रले नगर प्रमुख र गाउँपालिका अध्यक्षमा ४ सय १७ स्थानीय  तहमा मात्रै उम्मेदवारी दिएको छ  ।

त्यस्तै, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले २ सय २७ स्थानीय तहमा मेयरका लागि उम्मेदवारी खडा गर्दा २७ जना महिलालाई मेयरको उम्मेदवारी दर्ता गराएको छ भने गाउँपालिका अध्यक्षका लागि १५ सहित ४२ महिलालाई स्थान दिएको छ । महिला उम्मेदवारी दर्ता गराउनेमा राप्रपा तेस्रो ठूलो राजनीतिक शक्ति भएको छ ।

उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)ले १ सय २८ जना मेयरमा उम्ेमदवारी दिँदा २३ जना महिला उम्मेदवार उठाएको छ भने १ सय ७५ गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिँदा १२ जना महिला उम्मेदवार उठाएर चुनावी मैदानमा उत्रेको छ ।

नेकपा (एस)ले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा मात्रै ३५ जनालाई उम्मेदवारी दिलाएको हो ।

सरकारको नेतृत्वकर्ता राजनीतिक दल नेपाली कांग्रेसले १९ जनालाई मात्रै नगरपालिकाको मेयर तथा गाउँपालिका अध्यक्षका लागि टिकट वितरण गरेको छ, जुन एमालेको भन्दा ३६ जना कम हो ।

कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये ६ सय १५ स्थानमा मात्रै नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ ।

मधेस केन्द्रित दल महिलाप्रति अनुदार
उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वको क्रमशः जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी महिला उम्मेदवारलाई प्राथमिकता दिन अनुदार देखिएका छन् ।

माओवादी केन्द्र झैँ निरन्तर समावेशी र समानुपातिक प्रतिनिधित्वको माग राख्दै आन्दोलनरत जसपा नेपाल र लोसपा नेपाल पनि महिला उम्मेदवार छनौटमा अनुदार देखिएको तथ्यांकले देखाएको छ ।

जसपा नेपालले १ सय ४६ नगरपालिकामा पुरुषलाई मेयरमा उम्मेदवारी दर्ता गराउँदा महिला भने जम्मा १५ जना मात्रै छनौटमा परेका छन भने १ सय ८० जनालाई गाउँपालिका अध्यक्ष चयन गराउँदा महिला भने १० जना मात्रै उम्मेदवारी छनौट परेका छन ।

ठाकुर नेतृत्वको लोसपा नेपालले ८९ जना मेयरका लागि पुरुष उम्मेदवार उठाउँदा ५ जना महिलाले मात्र मेयरका लागि उम्मेदवारी दर्ता गराउन सफल भएका छन । त्यस्तै, ९४ जना गाउँपालिकाका अध्यक्षमा पुरुषले प्रतिस्पर्धा गरिरहँदा सो पार्टीबाट ३ जना महिला मात्रै अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिन सफल भएका छन ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

  • Post Thumbnail

    साहित्यकार जोशीको कथासङ्ग्रह ‘बैसाखी’को लोकार्पण

  • Post Thumbnail

    देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    Post Thumbnail

    दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution