Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दुबईबाट ल्याएको दुई किलो सुनसहित विमानस्थलबाट पाँचजना पक्राउ

६८६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १६, शुक्रबार (४ साल अघि)
दुबईबाट ल्याएको दुई किलो सुनसहित विमानस्थलबाट पाँचजना पक्राउ

काठामाडौं, १६ वैशाख

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले ल्याइएको सुनसहित पाँचजना पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएको हिमालयन एयरको विमानभित्रबाट दुई किलो ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका घर भएका ४१ वर्षीय हेमबहादुर थापा, सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालिबाट विमानमा सरसफाइ गर्ने सुपरभाइजर सप्तरी सुरुङ्गा नगरपालिका घर भएका ३६ वर्षीय ताराकान्त चौधरी र पाँचथर याङवरक गाउँपालिका घर भएका २८ वर्षीय भीमकुमार माबो छन् ।

हिमालयन एयरको विमानभित्र सुनगाभा सप्लायर्स एन्ड सरसफाइ कम्पनीका सरसफाइ कर्मचारी माबो र तामाङले शौचालयभित्रको फोहाेरसँगै रहेको सुनको बिस्कुट बाहिर ल्याएका थिए । दुईजनाले सुन बाँडेर आ-आफ्नो पर्सभित्र लुकाएका थिए ।

विमानस्थलको फलामे गेट भएर उनीहरू बाहिर निस्किन खोजेका थिए । तर, उनीहरूको सामान स्क्यानिङ गर्ने क्रममा माबोले बोकेको पर्सभित्र टेपले बेरिएको सुन नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरीले जनाएको छ ।

उनले एक हजार १६६ ग्रामका १० थान बिस्कुट लुकाएर बाहिर ल्याउन खोजेका थिए । तर, स्क्यानिङको क्रममा बरामद गरिएको विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए । तामाङले समेत पर्स भित्र उस्तै गरी एक हजार १६६ ग्राहका १० थान बिस्कुट बोकेका थिए ।

नियन्त्रणमा लिइएका दुवै जनालाई सोधपुछ गर्ने क्रममा सुन तस्करीमा संलग्न अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । सुन तस्करी प्रकरणमा ट्याक्सी चालकदेखि अन्य सरसफाइमा काम गर्ने कर्मचारीको समेत संलग्नता रहेको पाइएको हो ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मनाङमै अड्किए पर्यटक 

    मनाङमै अड्किए पर्यटक 

  • भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

    भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मनाङमै अड्किए पर्यटक 

    मनाङमै अड्किए पर्यटक 

    भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

    भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution