Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘सी’ डिभिजनको दोस्रो चरणमा १६ गोल, सानेपा शीर्ष स्थानमा

प्रत्यूष ६६८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार (३ साल अघि)
‘सी’ डिभिजनको दोस्रो चरणमा १६ गोल, सानेपा शीर्ष स्थानमा

काठमाडौँ, १४ वैशाख।   

सहिद स्मारक ‘सी’ डिभिजन लिगको दोस्रो चरण सकिएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सातदोबाटोस्थित एन्फा मैदानमा चलिरहेको प्रतियोगिताका दोस्रो चरणका खेल बुधबार सकिएका हुन् ।

हरेक दिन तीन खेल खेलाइएकाे दोस्रो चरणमा सात खेल आयोजना भए । महावीर क्लब र प्लानिङ ब्वाइज क्लब भिड्दै सुरु भएको दोस्रो चरण अन्तिम खेलमा ओसिस क्लब र झापा फुटबल क्लब भिड्दै समाप्त भयो ।

दोस्रो चरणमा कूल १६ गोल भए । औषतमा दुइ दशमलव २८ गोल भए । यसअघि पहिलो चरणमा २५ गोल भएका थिए ।

यस चरणमा तीन खेल बराबरीमा सकिँदा चार खेलमा हार जितका नतिजा आए । पहिलो खेलमा महावीर र प्लानिङले १–१ गोल र दोस्रो खेलमा खालिबारी युथ एफसी र स्पोर्टस् एकेडेमी साँगाले २–२ गोलको बराबरी खेले ।

तेस्रो खेलमा सानेपा क्लबले पुल्चोक स्पोर्टस् क्लबलाई २–० अन्तरले हरायो । चौँथो खेलमा खालिबारी युथ एफसी र स्पोर्टस् एकेडेमी साँगाले २–२ गोलको बराबरी खेले ।

यस्तै, पाँचौ खेलमा मनोहर युनाइटेड क्लब र स्वयम्भू क्लबले १–१ गोलको बराबरी खेले । यता, ७५ मिनेटसँम्म १–० ले पछि परेको आरसी ३२ फुटबल एकेडेमीले पुनरागमनसहित वीरगंज युथ एकेडेमीलाई ३–१ अन्तरले हरायो ।

समाज कल्याण खेलकुद केन्द्रले रानीवन स्पोर्टस् एकेडेमी र  झापा फुटबल क्लबले ओसिस क्लबलाई क्रमशः १–० ले पराजित गर्याे ।

जारी लिगमा समान ६ अंक भए पनि सानेपा, झापा र आरसी ३२ क्रमशः पहिलो दोस्रो र तेस्रो स्थानमा छन् । समान चार अंकका साथ मनोहरा, महावीर र प्लानिङ क्रमशः चौँथो देखि छैटौँ स्थानसम्म छन् ।

यता, तीन अंकका रानीवन र समाज कल्याण क्रमशः सातौँ र आठौँ स्थानमा छन् भने एक अंकका स्वयम्भू, साँगा र खालिवारी क्रमशः नवौँदेखि ११औँ स्थानमा छन् । खाता खोल्न नसकेका पुल्चोक, ओसिस र वीरगंज क्रमशः १२औँ देखि पुछारसम्म छन् ।

एन्फाले ‘ए’ र ‘बी’ डिभिजन लिग पछि ‘सी’ डिभिजन लिग आयोजना गरेको हो । लिगका शीर्ष दुई क्लब ‘बी’ डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब ‘सी’ डिभिजन छनोटमा घटुवा हुनेछन् ।

दोस्रो चरणका खेल र नतिजा
महावीर क्लब १–१ प्लानिङ ब्वाईज क्लब
खालिबारी युथ एफसी २–२ स्पोर्टस् एकेडेमी साँगा
पुल्चोक स्पोर्टस् क्लब ०–२ सानेपा क्लब
मनोहरा युनाईटेड क्लब १–१ स्वयम्भू क्लब
आरसी ३२ फुटबल एकेडेमी ३–१ वीरगंज युथ एकेडेमी
रानीवन स्पोर्टस् क्लब ०–१ समाज कल्याण खेलकुद केन्द्र
ओसिस क्लब ०–१ झापा फुटबल क्लब

पहिलो चरणका खेल र नतिजा 
स्पोर्टस् एकेडेमी सांगा  १–२  महावीर क्लब
आरसी ३२ फुटबल एकेडेमी  १–०  खालीबारी युथ क्लब
पुल्चोक स्पोर्टस् क्लब  ०–१  प्लानिङ ब्वाइज क्लब
मनोहरा युनाईटेड क्लब  ४–०  वीरगंज युथ एकेडेमी
ओसिस क्लब  ०–३   सानेपा क्लब
रानीवन स्पोर्टस् क्लब   ४–३  स्वयम्भू क्लब
समाज कल्याण्ड खेलकुद केन्द्र २–४  झापा एफसी

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution