Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्षमा गरिव परिवारकी कुमालको उम्मेदवारी

प्रत्यूष ८९५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १३, मंगलबार (४ साल अघि)
त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्षमा गरिव परिवारकी कुमालको उम्मेदवारी

सल्यानटार,१३ बैशाख ।
सामान्य कुमाल परिवारकी संगिता कुमाल धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाबाट उपाध्यक्ष पदको उम्मेदवार बन्नुभएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ निवासी २६ वर्षीया कुमाल नवलपरासी जिल्लाको सामान्य परिवारमा जन्मनु भएकोले संघर्ष नै संघर्षमा यहाँ आइपुगेको बताउनुभयो ।

किसान परिवार भएको विद्यालय स्तरको अध्यायन ज्ञानोदय उच्च माध्यामिक विद्यालयबाट कक्षा १२ सम्म अध्यायन गर्ने अबसर पाउनुभयो ।
थोरै जग्गाजमिन भएकोले परिवार पाल्न र छोरी पढाउन संगिताका बुबा बिरबहादुर र आमा बिमलाले अरुको जग्गामा अधियाँ गर्ने र ज्यालामजदुरी गरेर पढाउनुभएको थियो ।

कक्षा १२ पछि आफैँले पढ्नका लागि काम गर्दै पढेर शिक्षा तर्फ व्यचलर पास गरेकोले आफूले गरेकोसंघर्षले समाज परिवर्तको लागि आफैँ उठ्नु परेको बताउनुभयो । जसको सवाल उसकै नेतृत्व चाहिन्छ त्यसैले आफूले एमालेको उम्मेदवार भएर उपाध्यक्षको टिकट पाएको कुमालको भनाइ छ।

अनेरास्ववियुबाट विद्यार्थी राजनितिमा लागेको भएपनि धादिङमा विवाह गरिआएपछि ८ वर्षसम्म निश्कृय बस्नु भएको थियो । जब स्थानीय तहको चुनावको चर्चा चल्यो, तब आफूले विद्यार्थी हुँदा गरेको राजनितिले आफूलाई डोर्याएर एमालेको सम्पर्कमा पुर्याएको बताउनुभयो । घरपरिवार काँग्रेस समर्थक थिए ।

संगिताको कुरासुरुमा एमाले नेताहरुले बेवास्ता गरे । पछि भएपछि राजनितिक रुपमा राखेको सुझबुझ र विपक्षीहरुसंग गरेको कुराका आधारमा प्रशिक्षित नेताको रुपमा गाउँबासीको समेत अगुवा भएका कारण एमालेले उहाँलाई उपाध्यक्ष उठाउने निर्णय गरेको हो ।

त्रिपुरासुन्दरीमा सर्वसम्मत रुपमा उहाँको नाम आएपछि कूमाल समूदायमा आशाको दियो बलेको छ । यसअघि नेपाली काँग्रेसलाई समर्थन गर्दै आएका कूमाल समूदाय अब गाउँको विकासमा आफ्नै समूदायको नेताले मात्र गर्न सक्छ भनेर समूदायनै संगिता कुमाललाई जिताउन लागि परेका छन् । नेपाली काँग्रेसका नेताहरुले पार्टी छाडेर संगिताको प्रचारमा लागेका छन् ।

मनोनयन दर्ताका समयमा समेत हिजो नेपाली काँग्रेस भनेर देखिएकाहरु संगिता जिताउन सूर्यको झण्डा बोकेर सामाज विकास र परिवर्तको दियो बालिएको बताउँदै सहभागि भएका थिए ।कूमाल समूदायकी उम्मेदवार संगिता कुमाल आफूले विजय हासिल गरेपछि सामाजिक, आर्थिक विकासका लागि योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution