Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बाग्मतीको ९ जिल्लामा कांग्रेसलाई २१ नगरप्रमुख र १३ उपप्रमुख

प्रत्यूष ४८० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १२, सोमबार (३ साल अघि)
बाग्मतीको ९ जिल्लामा कांग्रेसलाई २१ नगरप्रमुख र १३ उपप्रमुख

काठमाडौं, १२ वैशाख। 

चुनावी तालमेल गर्दा बाग्मती प्रदेशको नौं जिल्लामा २१ वटा नगरपालिका प्रमुख कांग्रेसलाई परेको छ । १३ वटा नगरपालिकाको भने उपप्रमुख परेको छ ।

प्रदेश सभापति इन्द बानियाँले प्रेस विज्ञप्तिमार्फत प्रदेश संसदीय समितिको बैठक बसेर उम्मेदवार नै टुङ्गो लगाएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा उल्लेख भएअनुसार बैठकले सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुखमा उपेन्द्रकुमार पोखरेल र दुधौली नगरपालिका उपप्रमुखमा चन्द्र किशोर दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा प्रल्हाद सापकोटा, खैरहनी नगरपालिका प्रमुखमा शशीकुमार खानियाँ, राप्ती नगरपालिका उपप्रमुखमा देबेन्द्र लामा, माडी नगरपालिका उपप्रमुखमा खेमप्रसाद महतो र कालिका नगरपालिका प्रमुखमा शिवराम केसी उम्मेदवार बन्ने भएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका प्रमुखमा भीमप्रसाद ढुंगाना, धुनिबेंसी नगरपालिका उपप्रमुखमा सुरज उप्रेती, काभ्रेको बनेपा नगरपालिका प्रमुखमा शान्ति रत्न शाक्य, पनौती नगरपालिका प्रमुखमा रामशरण भण्डारी, पाँचखाल नगरपालिका प्रमुखमा महेश खरेल, नमोबुद्ध नगरपालिका प्रमुखमा कुन्साङ लामा, मण्डनदेउपुर नगरपालिका उपप्रमुखमा विष्णुमणि नेपाल उम्मेदवार छनोट भएका छन् ।

दोलखाको जिरी नगरपालिका प्रमुखमा लाक्पा शेर्पा, भीमेश्वर नगरपालिका प्रमुखमा ईश्वरनारायण मानन्धर, भक्तपुरको भक्तपुर नगरपालिका प्रमुखमा रामप्रसाद कासुला, मध्यपुर थिमी नगरपालिका प्रमुखमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा निशान ढुंगेल, नाँगुनारायण नगरपालिका प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने टुङ्गो लगाएको छ ।

सभापति बानियाँले ललितपुरको गोदावरी नगरपालिका प्रमुखमा गजेन्द्र महर्जन, उपप्रमुखमा मुना अधिकारी र महालक्ष्मी नगरपालिका उपप्रमुख लक्ष्मी महर्जन तथा रामेछापको रामेछाप नगरपालिका प्रमुख लय श्री न्यौपाने, उपप्रमुख सुशीला तामाङ, मन्थली नगरपालिका प्रमुख विनोद कार्की र उपप्रमुख यशोधा श्रेष्ठलाई उम्मेदवार बनाउने भएको पनि बताए ।

यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रमुखमा आइतमान तामाङ, उपप्रमुखमा सविता गुरुङ, बाह्रबिसे नगरपालिका प्रमुखमा बालकृष्ण बस्नेत, उपप्रमुखमा मञ्जु तामाङ र चौतारा सांगाचोकगढी नगरपालिका प्रमुख केशवराज गिरी र उपप्रमुख तुलसीकुमारी श्रेष्ठ उम्मेदवार छानिएका छन् ।

उनीहरूले आजै मनोनयन दर्ता गराउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution