Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु

८०२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १०, शनिबार (४ साल अघि)
काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु

काठमाडौं, ९ वैशाख

नेपाल वायुसेवा निगमले काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ । निगमले आजदेखि सुरु गरेको जनाएको छ।

नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान आज सवा पाँचबजे प्रस्थान गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि उडान अनुमति प्राप्त भएपश्चात् उक्त गन्तव्यमा निगमले आफ्नो गन्तव्य विस्तार गरेको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

निगमले हाल भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेशियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएकोमा नयाँ गन्तव्यको रुपमा साउदी अरेबियाको रियाद बनेको छ ।

यससँगै अब ८ मुलुकका १० वटा गन्तव्यहरुमा निगमले उडान सञ्चालन गर्ने भएको छ ।  उक्त गन्तव्यहरुमध्ये निगमले दिल्लीमा दैनिक २ वटा उडान सञ्चालन गर्दै आएको छ भने अन्य गन्तव्यहरुमा साप्तहिक रुपमा क्रमशः मुम्बई, बैङ्लोर, क्वाललम्प र बैंककमा ३-३ वटा, दोहामा ५, दुबईमा ५, हङकङमा १ र नारितामा ३ वटा उडान सञ्चालन गर्दै आएको छ । त्यस्तै, दोहा र क्वालालम्पुरको उडान छिट्टै दैनिक रुपमा सञ्चालन गर्ने तयारी रहेको निगमले जनाएको छ ।

उल्लेखित गन्तव्यका अन्तर्राष्ट्रिय उडानहरुमा हाल निगमको सिट अकुपेन्सी ८० प्रतिशत भन्दा बढी रहेको निगमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution