
धादिङ,०९ बैशाख ।
नेपाली कांग्रेसको ‘निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति’ सदस्यमा धादिङका डिपी अर्याल मनोनीत भएका छन् ।
कांग्रेस उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा केन्द्रीय परिचालन समिति अन्तर्गत केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिमा विभिन्न जिल्लाका आठजनालाई मनोनीत गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपसमितिमा किरण गिरी काठमाडौं, आनन्दसन्तोषी राई धनकुटा, डिपी अर्याल धादिङ, डिपी उपाध्याय कैलाली, गणेश केसी काठमाडौं, श्याम विश्वकर्मा संखुवासभा, दिलिपाश्री अधिकारी स्याङ्जा र मनोज चौधरी सुनसरी रहेका छन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |