Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गोदावरी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रत्यूष ४५४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ८, बिहिबार (३ साल अघि)
गोदावरी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ८ वैशाख । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठकर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी, तत्कालिन इन्जिनियर पुर्ण कुँवर, तत्कालीन सब–इन्जिनियर ज्ञानेन्द्र बुढा, तत्कालिन सब–इन्जिनियर नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर विष्ट र निर्माण व्यवसायी गणेश विष्ट रहेका छन् ।

गोदावरी नगरपालिकामा बिभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडक ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षण गरी पेश गरिएको प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले भ्रष्टाचार गरेको पाइएको अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अनुसन्धानमा उनीहरुले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको देखिन आएको अख्तियारले बताएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले ३१ लाख  ३७ हजार ८५३ रुपैयाँ, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले २५ लाख ५२ हजार ८८६ रुपैयाँ, तत्कालीन इन्जिनियर पूर्ण कुँवरले ५६ लाख ९० हजार ७४० रुपैयाँ, तत्कालीन सब–इन्जिनियर ज्ञानेन्द्र बुढाले ४३ लाख १७ हजार ६६६ रुपैयाँ, तत्कालिन सब–इन्जिनियर नरेन्द्र शाहीले १२ लाख २४ हजार ४९५ रुपैयाँ, ल्याब टेक्निसियन धन बहादुर विष्टले ५३ लाख ५१ हजार २३४ रुपैयाँ र निर्माण व्यवसायी गणेश विष्टले ५६ लाख ९० हजार ७४० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution