Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना(अधिकृतको विवरण सहित)

९८६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ८, बिहिबार (३ साल अघि)
धादिङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना(अधिकृतको विवरण सहित)

धादिङ,०८ बैशाख ।
धादिङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

स्थानीय तह निर्वाचनका लागि जिल्लाको सदरमुकाम धादिङबेशीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत समेत रहनुभएका जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाइएको बताउनुभयो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार नीलकण्ठ नगरपालिका स्थित धादिङबेशीमा १ मुख्य निर्वाचन अधिकृतको कार्यालय र १२ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय धादिङका सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । धादिङमा ११ गाउँपालिका र २ नगरपालिका रहेका छन्।

धुनीबेसीको निर्वाचन अधिकृत सर्वोच्चका इजलास अधिकृत राजकुमार आचार्य, खनियाबासमा योजना आयोगका उप सचिव गोकुल खड्का, गंगाजमुनामा मालपोत धादिङका प्रमुख रामकृष्ण तामाङ, गजुरीमा प्रधानमन्त्री कार्यालयका उप सचिव चक्रपाणि शर्मा, गल्छीमा समाजिक विकास मन्त्रालयका अधिकृत दिपेन्द्र सुवेदी रहेका छन् ।

त्यसैगरी ज्वालामुखीमा सम्पत्ति सुद्धिकरण विभागमा कार्यरत उप सचिव हिरामणि सुवेदी, थाक्रेमा संघिय मामिला मन्त्रालयमा कार्यरत उप सचिव महेन्द्र प्रसाद साखी, त्रिपुरासुन्दरीमा उपन्यायाधिवक्ता गोपाल लामिछाने, नेत्रावती डवजोङमा उपन्यायाधिवक्ता कला पौडेल , बेनीघाट रोराङमा उपन्यायाधिवक्ता खेमराज पाठक, रुबीभ्यालीमा सर्वोच्चका इजलास अधिकृत भीमप्रसाद सुवेदी र सिद्धलेकमा जिल्ला अदालत धादिङका स्रेस्तेदार खुमप्रसाद भण्डारी निर्वाचन अधिकृतका रुपमा रहेका छन् ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेको छ । आयोगले प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा करिब १० जना कर्मचारी रहने व्यवस्था गरेको छ । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।

निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नेगरी २२ दिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ ।

निर्वाचन अधिकृतहरुको विवरण

No description available.

निर्वाचन कार्यतालिका

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

  • निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution