Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

खोटाङमा स्थानीय निर्वाचन तयारी तीव्र, १० वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

प्रत्यूष ८०७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ८, बिहिबार (४ साल अघि)
खोटाङमा स्थानीय निर्वाचन तयारी तीव्र, १० वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

खोटाङ, ८ वैसाख । 

आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै खोटाङका मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ३० वैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । बिहीबार जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका छन् ।

समग्र जिल्ला र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नेगरी २२ दिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, जिल्ला निर्वाचन अधिकारी राजेश गौतम, जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश लम्साल, सशस्त्र प्रहरी हलेसी गुल्मका डिएसपी सरोज कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेको थियो ।

बिहीबार एकैसाथ जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश आचार्यले जानकारी दिए ।

यस्तो छ निर्वाचन तयारी 

जिल्ला निर्वाचन कार्यालय खोटाङले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पूर्वतयारी धमाधम गरिरहेको छ । निर्वाचन अधिकृतको कार्यालयबाट हुने निर्वाचन गतिविधि सुरु गर्नुका साथै निर्वाचन अधिकृतको कार्यालयमा पठाउनुपर्ने निर्वाचन सामग्री पठाइसकिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।

निर्वाचनका लागि आवश्यक जनशक्तिसमेत तयारी अवस्थामा राखिएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका एक लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्न पाउनेछन् । निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् ।

सुरक्षा व्यवस्था कडाइ 

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था तयारी अवस्थामा राखिएको छ । निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिसकिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

‘मतदान स्थललाई दृष्टिगत गरी मोबाईल गस्ती र नेपाली सेनाको स्ट्राइकिङ बेस सुरु गरिएको छ,’ प्रजिअ दाहालले भने, ‘सुरक्षा व्यवस्थालाई भरपर्दो र मजबुद बनाइएको छ । अत्यन्त सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution