Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

लुम्बिनी विकास कोष: ४४ वर्षमा ८५ प्रतिशत गुरुयोजनाको काम(फाटो फिचर)

प्रत्यूष ३०४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ६, मंगलबार (३ साल अघि)
लुम्बिनी विकास कोष: ४४ वर्षमा ८५ प्रतिशत गुरुयोजनाको काम(फाटो फिचर)

भैरहवा, ६ वैशाख ।

गौतमबुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनीको गुरुयोजना बनेको ४४ वर्ष भयो । लुम्बिनी विकास कोषको समय गुरुयोजना सम्पन्न गर्ने भाषणमै बितिरहेको छ ।

विश्वस्तरीय शान्ति केन्द्र र पर्यटन केन्द्रको रूपमा विकास गर्न गुरुयोजना बनेको हो । १ डिसेम्बर १८९६ मा ब्रिटिस इन्डियाका पुरातत्वविद् डा.एलोइस् एन्टोनी फुहाररले नेपालको लुम्बिनी गौतम बुद्धको पवित्र जन्मस्थल हो भन्ने आधिकारिकता दिलाएपछि सन् १९७८ मा लुम्बिनी विकासको गुर योजनाको निर्माण र कार्यान्वयनमा संयुक्त राष्ट्रसंघको विशेष सहयोग अगाडि बढ्योे ।

बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि सन् १९६७ मा राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण र विकास गर्न जापानीज वास्तुविद् केन्जोटांँगेलाई गुरुयोजना बनाउने जिम्मा दिएका थिए । लुम्बिनीको भ्रमणमा आएका उथान्तले र नेपालका तत्कालीन राजा महेन्द्रसँग भएको सहमति र सहयोगको वातावरणले टाँगेले तयार पारेको लुम्बिनीको गुरु योजना स्वीकृत भई नेपालको तर्फबाट कार्यान्वयन गरे ।

सरकारद्वारा स्वीकृत गुरुयोजनाअनुसार सन् १९९३ देखि लुम्बिनी क्षेत्रमा विभिन्न बौद्ध मुलुकका विहार-मन्दिर निर्माण थालियो, सन् १९९७ मा लुम्बिनीलाई विश्व सम्पदामा सूचीकृत गरियो । ६ वर्ष लगाएर बनेको गुरुयोजना केन्जो टाँगेले ५५ मिलियन डलर बजेट लाग्ने मूल्यांकन गरी उल्लेख गरे पनि सरकारले आर्थिक वर्ष ०७०-०७१ देखि मात्रै राष्ट्रिय गौरवको आयोजनामा राखेर बजेट छुट्ट्याउन थाल्यो ।

विकास समिति ऐन, २०१३ अनुसार लुम्बिनी विकास कोष गठन भयो । हालसम्म विकास कोषले गुरुयोजानको ८५ प्रतिशत काम सम्पन्न गरेको छ । विकास कोषले ४४ वर्षसम्म गुरुयोजनालाई मूर्तरूप दिन नसक्नुको मुख्य कारण आर्थिक भए पनि राजनीतिक हस्तक्षेप, आन्तरिक चुनौती, आर्थिक सुनिश्चतता, पदीय अस्थिरता र खिचातानीलगायतका विविध कारण देखाउँदै कछुवा गतिमा विकास गरेको छ । १४ वर्षमा हुनुपर्ने काम ४४ वर्ष बित्दा पनि हुन सकेकाे छैन ।

‘नेपालकै व्यवस्थित र ठूलो गुरुयोजना कहीँ पनि छैन । प्रति वर्ष १८ लाख मानिस लुम्बिनी आउँछन्यो । नै लुम्बिनीप्रति लगाव हो । लुम्बिनी गुरुयोजना समयमै सम्पन्न हुँदा यसले नेपालको अर्थतन्त्रमा धैरै ठूलो योग्दान पुर्‍याउँछ, हाम्रो पहिलो प्रयास गुरुयोजनाको सबै काम यथाशीघ्र सम्पन्न गरी लुम्बिनीलाई व्यवस्थित सुन्दर अन्तर्राष्ट्रिय उद्यानको रूपमा बनाउने र लुम्बिनी आउने पर्यटकलाई लुम्बिनीका साथै कपिलवस्तु, रामग्राम आदि जोडेर एक हप्तासम्म भुल्ने कार्यक्रम निर्माण गर्ने चाहना हाे,’  लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले भने ।

नेपाल सरकारले गुरुयोजनालई चाहिने करिब आठ अर्बको स्रोत सुनिश्चितता गरेको छ । अहिले गुरुयोजनाको बाटोघाटो, कल्भर्ट, व्यवस्थित गेट र लुम्बिनीलाई हरियाली बनाउन गौतमबुद्ध फलफूल बाटिका र अन्तर्राष्ट्रियस्तरका सभा सेमिनार गर्न सभागृहको निर्माण अन्तिम चरणमा रहेको उपाध्यक्ष मैतेयले भने । सडक, फुटपाथ, कल्भर्ट, गेट, पर्यटकलाई बस्ने बेन्चको निर्माण कार्य भइरहेको छ ।

गुरुयोजनाअनुसार लुम्बिनीलाई तीनवटा बराबर पाटामा विभाजन गरिएको छ । बफर जोनबाहेक गुरु योजना तीन वर्गमाइल भूभागमा फैलिएको छ । गौतम बुद्धको जन्मस्थल क्षेत्रलाई पवित्र उद्यान क्षेत्र भनिएको छ । गुरुयोजनाको दक्षिण भागमा रहेको यो क्षेत्र नाै सय मिटर व्यास आकारमा फैलिएको छ । दक्षिणमा पवित्र उद्यान, बीचमा विहार-गुम्बा क्षेत्र र उत्तरमा नयाँ लुम्बिनी ग्राम छ ।

केन्जो टाँगेको गुरुयोजनाअन्तर्गतका मुख्य ६ ठूला काम बाँकी छ । डोम आकारका ६ वटा भवनसहितको संरचना, सौन्दर्यीकरण, फोहोरमैला व्यवस्थापन र ढल निकास, नाली व्यवस्थापन, बाढी व्यवस्थापनका लागि ५६ वटा जलाशय, ग्रिनरी र पार्कसहितको सडक वृद्धिका काम गर्नुपर्नेछ । तीमध्ये गुरुयोजनालाई केही परिवर्तन नगरी काम भइरहेका छन् भने केही हुने प्रक्रियामा छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले बाँकी १५ प्रतिशत भौतिक प्रगति गर्न ४-५ अर्ब लगानी भइसकेको बताए । ‘नेपाल सरकारले दुई वर्ष गुरुयोजना सम्पन्न गर्ने भनेर आर्थिक स्राेत सुनिश्चितता गरिसकेको छ । गत आर्थिक वर्षबाट तीव्रताका साथ बाँकी काम भइरहेका छन् । यो आर्थिक वर्षमा झन्डै चार अर्बको काम गरिरहेका छौं,’  उनले भने ।

गुरुयोजनाअनुसारको संरचना दुई वर्षमा सकिने गरी ठेक्का प्रक्रिया अगाडि बढेको छ । फोहाेरमैला व्यवस्थापन, दुईवटा खोलाको व्यस्थापन र केही भवनको काम मात्रै काम बाँकी रहेकाे शाक्यले बताए ।

गुरुयोजनाका अलावा लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणा पनि अगाडि बढाइएको छ । बुद्धको जीवनमा महत्व राख्ने कपिलवस्तुको तिलौराकोट र पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपको विकासका लागि लुम्बिनी विकास कोषले गुरुयोजना तयार गरेको छ । गुरुयोजना सम्पन्न भएपछि लुम्बिनी एउटा बगैँचाको रूपमा रूपान्तरण हुने छ ।

गुरुयोजनाअनुसार विकास हुँदै आएको लुम्बिनीमा पर्यटकको बसाइँ लम्ब्याउने र समग्र बौद्धस्थलको विकास गर्ने उद्देश्यले लुम्बिनी र आसपासका पुरातात्विक स्थल समेटेर बृहत् लुम्बिनी विकास क्षेत्रको लागि खाका तयार गरिएको छ । खाकामा लुम्बिनीलाई केन्द्र मानेर कपिलवस्तु, रामग्राम, देवदहलगायतका बौद्ध सम्पदालाई जोड्दै एकीकृत रूपमा विकास गर्ने अवधारणा छ ।

यो अवधारणामा  टुक्रे योजना सञ्चालन नगरी विश्व विकास बैंकको सहयोग र सहकार्य हुनेछ । जसमा एकीकृत रूपमा समुदायको सामाजिक, सांस्कृतिक, कृषि, आर्थिकलगायतका समग्र अवस्थाको बृहत् अध्ययन गरेर खाका कोरिएको छ ।

टाँगेको गुरुयोजना निर्माण नसकिँदै सरकारले कोरियन प्राध्यापक क्वाक योङहोनको गुरुयोजना स्वीकृत गरेको पनि धेरै भयो । वासिङ्टन डीसीसहितका विभिन्न सहरको गुरुयोजना बनाएका क्वाकले लुम्बिनीको नयाँ गुरुयोजना बनाउन १४ वर्ष अध्ययन गरेका थिए । लुम्बिनी सहर वातावरणमैत्री र विश्वकै सबैभन्दा सुन्दर सहर हुने उनको कल्पना छ, विश्व सहर लुम्बिनीमै बन्छ । त्यसको आकार कमलको फूलजस्तै आठ हजार मिटर क्षेत्रफलमा छ ।

रूपन्देहीका साविकका ११ गाविसलाई समेटेर बनाइएको सो गुरुयोजना १५ वर्षभित्र सम्पन्न गर्ने योजना क्वाकको थियो । उनले करिब मन्त्रीस्तरीय बैठकमा सो योजना देखाएका थिए । ६ हजार चार सय ७५ हेक्टरमा फैलिएको सो सहरलाई क्वाकले कमलको आठ पत्रजस्तै देखिने सो सहरलाई तीन भागमा विभाजन गरिएको छ ।

पहिलो घेराभित्रको १.६ किमी क्षेत्रलाई बुद्ध क्षेत्र, त्यसपछिको आठ सय मिटर क्षेत्र धर्म क्षेत्र र त्यसपछिको २.४ किलोमिटर क्षेत्रलाई संघ नाम दिइएको छ । बुद्ध क्षेत्रमा पुरानै मन्दिरहरूको संरचना रहनेछन् । धर्म क्षेत्रमा गुम्बाहरू हुनेछन् । त्यसलाई धर्म विश्वविद्यालय क्षेत्र बनाउने योजना छ । संघ क्षेत्रमा कृषि र आवास क्षेत्र हुनेछ । यो क्षेत्रको बीच भागमा गुम्बाहरू बन्नेछन् ।

चार सय २१ जना अट्ने सभा हल बनाउने गुरुयोजनामा भनिए पनि पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र ध्यान केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ, ठूला सभा सम्मलेन गर्ने उद्देश्यका साथ सो बनाइएको छ । यस्तै गुरुयोजनामा उललेख भएको न्यू लुम्बिनी भिलेजमा बस्तीहरू बसाल्ने भन्ने रहेपनि यस्ले पनि प्राथमिकता पाएको छैन ।

गाँउसँग जोडिएको पडरिया चोकमा रहेको विकास कोषको प्रवेशद्वार ६ नम्बर गेट पनि वर्षौदेखि बन्द रहेको छ, स्थानीय र ककरहवा हुँदै आएका पर्यटकहरू घुमेर भित्र जानुपर्ने बाध्यता छ । लुम्बिनीसँग जोडेर ३० अर्ब बढीको लगानीमा अन्तर्रष्ट्रिय विमानस्थलमा भएको छ, यस्तै निजी क्षेत्रका पनि अर्बौ लगानी भएको छ ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

  • स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

  • तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

  • नेप्से परिसूचक १२ अङ्कले घट्यो

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

    डिभिजन बन कार्यालय धादिङको सूचना

    डिभिजन बन कार्यालय धादिङको सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution