Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने

प्रत्यूष ४५० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ५, सोमबार (३ साल अघि)
वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने

काठमाडौं, ५ वैशाख।

खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण र जनघनत्वको वृद्धिले विद्यमान खानेपानीको माग र आपूर्तिबीचको अन्तर पूर्ति गरी उपत्यकावासीलाई दीर्घकालीन रूपमा स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन सञ्चालित मेलम्ची खानेपानीको २०७८ चैत्र २९ गते काठमाडौं उपत्यकामा पानी पथान्तरण गरिसकिएको जानकारी गराएका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकामा पथान्तरण भएसँगै २०७९ वैशाख ११ गतेभित्र उपत्यकाभित्र खानेपानी वितरण सुरु गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री चौधरीले मेलम्ची खानेपानीको पहिलो चरणको कार्य सम्पन्न भई २०७७ साल चैत १५ बाट क्रमिक रूपमा पुरानो र नयाँ दुवै प्रणालीबाट वितरण कार्य सुरु गरिएकोमा २०७८ असार १ र त्यसपछिको प्राकृतिक प्रकोपका कारण आयोजनामा गम्भीर क्षति पुगी आयोजना सञ्चालनमा अवरुद्ध भएको बताए ।

मेलम्ची खानेपानीको विकल्पको रूपमा मन्त्रालयले सिस्नेरी, ठोस्ने र महादेव खोला जलाशययुक्त आयोजना अध्ययन गरिरहेको बताउनुहुँदै उहाँले खानेपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै लानुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी वैशाखभित्रै भक्तपुरमा पठाउनुपर्ने धारणा व्यक्त गर्दै मेलम्ची खानेपानी आयोजनाको विकल्पहरूबारे पनि अध्ययन गर्नुपर्नेमा जोड दिए । खानेपानीको स्रोत संरक्षण गर्न नसके भविष्यमा थुप्रै चुनौती र समस्याहरु उत्पन्न हुनसक्नेतर्फ इंगित गर्नुहुँदै उहाँले सरोकारवालाहरू सबै मिलेर खानेपानीका स्रोतहरूको संरक्षण र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए ।

भक्तपुरको नगरकोट क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गर्नुपर्ने बताउँदै प्रमुख प्रजापतिले खानेपानीको स्रोत संरक्षणको लागि सेनालाई दिनु उपयुक्त हुने र खानेपानी तथा ढल व्यवस्थापनका क्रममा जनस्तरबाट उठेका कुरालाई के.यु.के.एल. र पीआईडीले मनन गर्नुपर्ने बताए ।

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौं उपत्यका व्यवस्थापन बोर्डमा रहेर कार्य गर्दाको अनुभव सुनाउनुहुँदै बोर्डले मेलम्चीको पानीको विकल्पको रूप सिस्नेरी आयोजनालाई अगाडि ल्याएको बताउँदै पीआईडी र केयुकेएलको काममा स्थानीय तहसँग समन्वय गरी गर्नुपर्ने बताए ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्चीबाट पानी पथान्तरणको कार्य हाल पूरा भएकोले उपत्यकाभित्र खानेपानी वितरणमा थप सहजता हुने बताउनुहुँदै वैकल्पिक स्रोतहरूको खोजी गरी उपत्यकामा खानेपानीको दीर्घकालीन समाधान गर्नेतर्फ खानेपानी मन्त्रालय अग्रसर रहेको बताए ।

त्यस्तै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले उपत्यकाको खानेपानी संवेदनशीलता एवम् आम उपभोक्ताको हितलाई प्राथमिकतामा राखी बोर्डले सेवा प्रदायक काठमाडौं उपत्यका खानेपानी लिमिटेडमार्फत मौजुदा उत्पादन तथा वितरण प्रणाली, चुहावट नियन्त्रण, गुणस्तर, स्रोत परिचालन, मुहान संरक्षण, सरसफाइ व्यवस्थापन एवम् सुधारलगायतका कार्यहरूमा सहकार्य गर्दै आइरहेको बताए । उपत्यकाका करिब १६ ठाउँमा ‘वाटर एटीएम’ सञ्चालनमा ल्याइसकेको बताउनुहुँदै उहाँले बोर्डले वर्षातको पानी संकलन गरी पुनःभरण गर्ने काम गर्दै आएको बताए ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव मिना श्रेष्ठ, केयुकेएलका कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सूर्यराज कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिले वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूबीच आयोजित टेबुलटेनिस र ब्याडमिन्टन प्रतियोगिताका विजयीहरूलाई मेडल र प्रमाणपत्र वितरण गरे । वार्षिकोत्सवकै अवसर पारेर मन्त्री चौधरीले ‘वार रुम’ को समेत उद्घाटन र बोर्डको वार्षिक प्रतिवेदन समेच विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

  • ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

  • सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

  • दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

    दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १ गते मंगलबार

    २०८२ पुस १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

    दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution