Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मुगुमा एमाले पर्ख र हेरमा, गठबन्धनभित्रका दलका आ-आफ्नै अडान

प्रत्यूष १०११ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ५, सोमबार (४ साल अघि)
मुगुमा एमाले पर्ख र हेरमा, गठबन्धनभित्रका दलका आ-आफ्नै अडान

मुगु, ५ वैशाख । 

देशका अन्य जिल्लामा जस्तै मुगुमा पनि स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट र चुनावी रणनीतिमा दलहरू लागेका छन् । यहाँ नेकपा एमाले एक्लै निर्वाचनमा जाने तयारीमा भए पनि उसले उम्मेदवार चयनमा पर्ख र हेरकाे नीति लिएकाे छ ।

अर्काेतिर नेपाली कांग्रेससहित पाँच दलको गठबन्धन भने आ-आफ्नै दाबी र अडानमा छन् । जसका कारण उम्मेदवार चयन गर्न सकिरहेकाे छैन ।

स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर केन्द्रबाटै सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरू एक सातादेखि छलफलमा व्यस्त छन् । तर, अझै टंगोमा पुग्न सकेको छैनन् ।

गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाको सोरु गाउँपालिकामा अध्यक्ष, छाँयानाथ रारा नगरपालिकामा उपध्यक्ष दाबी गरेकाे नेपाली कांग्रेस मुगुका पार्टी प्रवत्ता प्रकाश शाहीले बताए ।

यही कारण कुरा नमिलेकाे उनकाे भनाइ छ । उनका अनुसार जिल्लाका चार स्थानीय तहमध्ये तीन पालिकामा नेपाली कांग्रेसले प्रमुख पाउनु पर्ने प्रवत्ता शाहीको भनाइ छ ।

नेकपा एकीकृत समाजवादी मुगुका अध्यक्ष धरमबहादुर शाहीका अनुसार केन्द्रीय सर्कुलरअनुसार सात बुँदे सहमति समाजवादी पार्टीको हितको लागि बनाएको हाे । यही अनुसार नेपाली कांग्रेस पहिलो पार्टी, नेकपा माओवादी केन्द्र दोस्राे र समाजवादी तेस्राे स्थानमा हुनुपर्छ ।

नेकपा एमालेबाट छुट्टिएर आई सकेपछि मुगुका चार वटा स्थानीय तहमध्ये दुईमा कांग्रेस, एकमा माओवादी र एकमा समाजवादीको प्रमुखमा हाम्राे दावी रहन्छ ।

नेकपा माओवादी केन्द्र मुगुका सूचना संचार विभागका संयोजक देविकृष्ण रोकायाका अनुसार माओवादी केन्द्र गठबन्धनको पक्षमा रहेको र सोहीअनुसार अगाडि बढेको छ ।

अन्तिमसम्म गठबन्धनको पक्षमा रहेको उल्लेख गर्दै यदि गठबन्धन नभए मित्रवत रुपमा चुनावी प्रतिस्पर्धा गर्ने उनी बताउँछन् ।

नेपाली कांग्रेस मुगुका अनुसार सकेसम्म तालमेल गरेरै जाने हो यदि उनीहरूले तालमेलमा रस्साकस्सी गरे भने अन्तिममा एक्लाएक्लै चुनाव लड्नुनकाे विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution