Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ९, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नौ दिन लामो भक्तपुरको बिस्का जात्रा आज सकिँदै

प्रत्यूष ४४१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ५, सोमबार (३ साल अघि)
नौ दिन लामो भक्तपुरको बिस्का जात्रा आज सकिँदै

भक्तपुर, ५ वैशाख । 

नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा सोमबार सकिँदै छ । जात्राको अन्तिम दिन आज साँंझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानेपछि जात्ना समापन हुनेछ ।

भैरबनाथको रथलाई डोरीको सहायताले तानिन्छ । परम्पराअनुसार रथलाई दुई साइडबाट तानिन्छ । यसअघि २७ चैतमा यही रथ तानेर जात्रा सुरु भएको थियो ।

जात्राको अन्तिम दिनलाई द्यो थाहा बिज्याइगु अर्थात् देवतामाथि सवारी हुने भनिन्छ । यस दिन भैरबनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात थनेतिर लानुपर्ने परम्परा छ । भक्तपुरको टौमढी क्षेत्रलाई नगरको मध्य भाग मानिन्छ ।

रथ तानिसकेपछि पाँंचतल्ले मन्दिर अगाडि पुयाएर जात्रा सकिन्छ । जात्रा सकेपछि भोलिपल्टदेखि रथलाई बगारेर काठ पाँचतल्ले मन्दिरको पछाडि सुरक्षित राखिन्छ । अर्काे वर्ष यही काठ प्रयोग गरी रथ बनाइन्छ ।

प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि र चार दिन पछाडि अर्थात् ५ वैशाखसम्म जात्रा मनाइन्छ । भैरबनाथको रथ काठैकाठबाट प्यागोडा शैलीमा बनाइएको तीन तल्ले हुन्छ । यसमा चार वटा काठकै पांग्रा हुन्छन् ।

रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर सयाैं युवाले रथ तान्ने गर्छन् । जात्राको पहिलो दिनलाई नेपाल भाषामा द्यो क्वह बिज्याइज्यू अर्थात देवता (रथ)तल सवारी हुने भनिन्छ ।

जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ । यसरी नै जात्राको अन्तिम दिन द्यो थाहा विज्याइगु अर्थात् देवता माथि सवारी हुने भनिन्छ । त्यसकारण त्यो दिन माथितिर ६ वटा डोरी राखिन्छ ।

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर (तीन सय वर्षभन्दा अघि) राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो ।तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए ।

तर, उपत्यकाको राजनैतिक विखण्डनलगायत १८२६ सालमा मल्लकालिन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनैतिक-प्रशासनिक महत्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा सीमित भयाे । अहिले फेरि यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिस आउन थालेका छन् ।

भक्तपुरको बिस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु हाे । साथै, मध्यपुर थिमीमा मनाइने जिब्राे छेड्ने जात्रा पनि उतिकै प्रख्यात छ ।

यसअघि जात्राको अन्तिम दिन दिउँंसो हात नभएको ल्योसिंद्य (लिंगो) ढालिएको थियो । प्रत्येक वर्ष पोटरी स्क्वायरमा जात्राको पहिलो दिन २७ चैत विहान उठाइने ल्योसिंद्य जात्राको अन्तिम दिन ५ वैशाख दिउँंसो ढाल्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

  • बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

  • माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

  • एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ८ गते बिहिबार

    २०८२ माघ ८ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution