Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

किसानलाई सधैँ पीडा : लगाएको बाली उठाउन नपाई क्षति

प्रत्यूष ८३८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ५, सोमबार (४ साल अघि)
किसानलाई सधैँ पीडा : लगाएको बाली उठाउन नपाई क्षति

झापा, ५ वैशाख। 

गौरीगञ्ज-१ का खगेन्द्र श्रेष्ठले बगरमा ‘पैसा’ फलाउने उद्देश्यले माई नदीको बगरमा खरबुजा खेती लगाएका छन् । गत वर्षदेखि खरबुजा खेती सुरु गरेका खगेन्द्रले यसपटक भने खरबुजा खेतीबाट केही आम्दानी गर्ने सोचेका थिए ।

वैशाख पहिलो साताबाट खरबुजा टिप्न योग्य हुन्छ । गत वर्ष यही समयमा कोरोना महामारी फैलिएपछि लकडाउन हुँदा उत्पादिन खरबुजा बजारसम्म पुर्‍याउन सकेका थिएनन् । पाँच बिघा बगर क्षेत्रमा लगाएको खरबुजाबाट लगानी उठाउन पनि हम्मेहम्मे परेको थियो । ‘गत वर्षदेखि बगरमा पनि केही गर्न सकिन्छ कि भनेर खरबुजा खेती गर्न थालेको हुँ,’ उनी भन्छन्, ‘गत वर्ष पाँच लाख लगानी गरेर खरबुजा लगाएँ । तर, लकडाउनले बगरमै खरबुजा कुहिएन अवस्था आयो । बल्लतल्ल लगानी उठाएँ ।’

यसपटक खरबुजा राम्रो फलेको थियो । मिहिनेतअनुसार कमाई हुनेमा उनी ढुक्क थिए । खरबुजा पाकेर टिप्ने बेला भएको थियो । तर, चैत अन्तिमसाता आएको असिना पानीले उनको खरबुजा खेतीमा क्षति गर्‍यो । पाँच लाख खर्च गरेर पाँच बिघामा लगाएको खरबुजा असिनाले कामै नलाग्ने गरी बिगारेको खगेन्द्र बताउँछन् । ‘असिनाले अधिकांश फुटाएको छ । १ वैशाखदेखि टिप्न थालेको । धेरै त काम नलाग्ने भएको छ । काम लाग्ने बजारमा पठाउँदैछु,’ उनी भन्छन्, ‘राम्रो फलेको बेला असिनाले काम नलाग्ने बनायो । यसपटक त लगानी पनि उठ्दैन कि भन्ने डर छ ।’

श्रेष्ठजस्ता किसानलाई सधैँ समस्या हुने गरेको छ । प्राकृतिक प्रकोपले सधैँ उठाउन लागेको बालीमा क्षति पुर्‍याएको गरेको छ । गत कात्तिकमा खगेन्द्रले लगाएको दुई बिघा धान खेतामा क्षति पुर्‍याएको थियो । ‘खेलीमा लगानी गरेको उठाउनै नपाएपछि कसरी कृषि गर्ने ?,’उनी भन्छन्, ‘धानको क्षतिमा सरकारले केही हेर्छ कि भनेको अहिलेसम्म केही गरेन । धानको क्षतिको फर्म चाहिँ भरेको छ ।’

मोरङका मेघराज चौधरी ६ महिनादेखि गौरीगञ्ज-२ स्थित भाकुरमारमा माई नदीको बगरमा छन् । नदीले बगर बनाएको जग्गा भाडामा लिए । बगरमा मल लगाए । खरबुजाको बिउ रोपे । उनले करिब चार हजार खरबुजाका बोट रोपे । मलजल गरे । ६ महिना बगरमै बसेर यसलाई स्याहार पनि गरे । यसका लागि उनले ऋण गरेर तीन लाख खर्चेका छन् । तर, फल आउने बेलामा भने असिनाले सखाप बनायो ।

‘६ वर्षदेखि म माईको बगरमा खरबुजा खेती गर्दै आएको छु । पहिला त राम्रो हुन्थ्यो । अहिले त कहिले लकडाउन हुन्छ कहिले के,’ उनी भन्छन्, ‘यसपटक असिनाले सखाब बनायो । ६ महिना मिहिनेत गर्‍यो फल पाउने बेलामा यस्तो भएपछि के गर्ने ? पाकेको खरबुजा सबै असिनाले फुटायो । यसपटक त लगानी पनि नउठ्ने भयो ।’

असिनाले क्षति पुर्‍याएर बाँकी रहेका खरबुजा उनी धमाधम टिप्दैछन् । अहिले बगरबाटै प्रतिकेजी २० रुपैयाँसम्म खरबुजा बिक्री भइरहेको छ । ‘बाँकी रहेकोले कतै लगानी उठ्छ कि, लगानी उठेन भने साहुको ऋण कसरी तिर्ने,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution