Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

यस्ता छन् डब्ल्यूएचओका महानिर्देशक टेड्रोस नेपाल आउनुको कारण

प्रत्यूष १०५४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ५, सोमबार (४ साल अघि)
यस्ता छन् डब्ल्यूएचओका महानिर्देशक टेड्रोस नेपाल आउनुको कारण

काठमाडौं, ५ वैशाख । 

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयसस आगामी बिहीबार नेपाल भ्रमणमा आउँदैछन् । उनी भारत हुँदै नेपालको तीन दिने भ्रमणमा आउन लागेका हुन् ।

उनको नेपाल भ्रमणको लागि परराष्ट्र र स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी थालेको छ । उनको नेपाल भ्रमणका क्रममा कस्ता विषयलाई उठान गर्ने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु गहन छलफलमा छन् ।

कोरोना भाइरसको महामारीबाट नेपालले भोग्नुपरेको समस्या, नेपालका जनस्वास्थ्य क्षेत्रका चुनौती लगायतका विषय नेपालले उठान गर्नेछ ।  नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यतालिका बनेको छ ।

त्यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेट गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए ।

स्वास्थ्यमन्त्री खतिवडाको निमन्त्रणमा नेपाल आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखको भ्रमणलाई नेपालले महत्वका साथ हेरेको छ ।  नेपालको भ्रमणका क्रममा उनले टाइफोइड रोगविरुद्धको खोप अभियानको पनि अवलोकन गर्नेछन् ।

यसअघि कोरोना महामारीको समयमा नेपालको दुर्गम भेगमा खोप पुर्‍याउने काममा खटिएका स्वास्थ्यकर्मीको भिडिओलाई ट्वीटरमार्फत सेयर गरेका थिए । सबैको पहुँचमा खोप पुर्‍याउनुपर्ने धारणा उनको थियो ।

कोरोना महामारीको समयमा डब्ल्यूएचओले नेपाललाई कोभ्याक्स र गाभीमार्फत खोपहरू उपलब्ध गराउन सहयोग गरेको थियो । त्यस्तै कोरोना महामारीसँग लड्न विश्व समुदायलाई समेत नेपालमा सहयोग गर्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

  • सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

  • मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution